२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

एमालेले आज बुटवलसहित देशभर जनसभा तथा जनप्रदर्शन गर्दै



बुटवल । नेकपा एमालेले आज रुपन्देहीको बुटवलसहित देशभरका ७७ वटै जिल्लामा जनसभा तथा जनप्रदर्शन गर्दैछ । पार्टीले ‘प्रतिगामी षड्यन्त्रविरुद्ध, संविधान तथा लोकतन्त्रको संरक्षण र संसद पुनःस्थापना’को मागसहित देशव्यापी आन्दोलन सञ्चालनमा ल्याएको हो ।

एमालेका अनुसार भदौ २४ पछि उत्पन्न राजनीतिक घटनाक्रम, असंवैधानिक रूपमा गरिएको संसद विघटन, तथा पार्टीको आगामी राजनीतिक दिशाबारे जनतामाझ स्पष्ट सन्देश दिन प्रदर्शन आयोजना गरिएको हो ।

यसअघि एमालेले मंगलबार देशभरका ७५३ स्थानीय तहमा भेला तथा कात्तिक २२ गते ६ हजार ७४३ वडामा संगठनात्मक कार्यक्रम सम्पन्न गरिसकेको छ । घोषित कार्यक्रमअनुसार एमाले मंसिर ६ गते काठमाडौंमा वृहत् जनप्रदर्शन गर्ने तयारीमा छ ।

रुपन्देहीमा जनसभा लोकतन्त्र र संविधानको रक्षा, साथै जेनजी समुदायका माग सम्बोधनका एजेन्डासहित आयोजना भएको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले बताए । उनका अनुसार रुपन्देहीका १६ वटै स्थानीय तहबाट हजारौँ कार्यकर्ता, समर्थक र स्थानीयवासीको उत्साहजनक उपस्थिति रहनेछ । “रुपन्देहीमा ऐतिहासिक जनप्रदर्शन हुनेछ,” गैरेले भने, “हाम्रो मुख्य सन्देश लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षा हो ।”

बिहान ११ बजे राजमार्ग चौराहाबाट सुरु हुने मार्चपास बुटवलको ट्राफिक चोकमा आइपुगेर सभामा परिणत हुने जानकारी एमाले रुपन्देहीका प्रचार प्रमुख मिनप्रसाद पौडेलले दिए । जनसभाका लागि विभिन्न कमिटी, जनवर्गीय संगठन र स्थानीय संरचनालाई जिम्मेवारी तोकिएको उनले बताए ।

जनसंगठन समन्वय समिति रुपन्देहीका प्रमुख बाबुराम पन्थीका अनुसार २३ वटै जनवर्गीय संगठनका प्रतिनिधिहरूले प्रदर्शनमा उत्साहपूर्ण सहभागिता जनाउनेछन् । “सबै संगठनलाई आवश्यक तयारी र जिम्मेवारी बाँडफाँड गरिएको छ, जनप्रदर्शन ऐतिहासिक र भव्य हुनेछ,” पन्थीले भने ।

जेनजी समुदाय, युवा तथा आम रुपन्देहीबासीलाई सहभागिताका लागि विशेष अपिल गरिएको छ । एमालेका नेताहरूका अनुसार जेनजी समुदायका माग संविधान संशोधनमार्फत मात्र सम्बोधन हुने भएकाले प्रतिनिधिसभा पुनःस्थापना अनिवार्य छ। “एमाले जेनजीका मागलाई संस्थागत रूपमा अघि बढाउने एकमात्र शक्ति हो,” पन्थीले भने ।

सभा शान्तिपूर्ण, अनुशासित र व्यवस्थित होस् भन्ने हेतुले सुरक्षादल, ट्राफिक व्यवस्थापन तथा अन्य संयन्त्रहरूसँग आवश्यक समन्वय गरिएको एमाले रुपन्देहीले जनाएको छ । जनसभामा पार्टीका विभिन्न नेताहरूले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ७ : ५२ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत