१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पोहोर नोक्सानीमा रहेको सोनापुर सिमेन्ट अहिले नाफामा



३० कात्तिक, काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनी ४ करोड ३६ लाख रुपैयाँ नाफामा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ८ करोड ५५ लाख रुपैयाँ नोक्सानीमा थियो ।

कम्पनीको बिक्री आम्दानी करिब दोब्बर हुँदा नाफामा सुधार आएको हो । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६६ करोड ९९ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको बिक्री आम्दानी ३४ करोड ३० लाख रुपैयाँ थियो ।

३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिजर्भमा २ अर्ब ८२ करोड रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५.६८ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १९१.९१ रुपैयाँ छ । हाल बजार मूल्य प्रतिकित्ता ४१२ रुपैयाँ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ८ : ४५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा