२२ मंसिर २०८२, सोमबार | December 9, 2025

प्रतिनिधिसभा निर्वाचन : आयोगले सार्वजनिक गर्यो विस्तृत निर्वाचन कार्यक्रम

माघ ६ गते उम्मेदवारी दर्ता



काठमाडौँ । निर्वाचन आयोगले आगामी २०८२ साल फागुन २१ गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विस्तृत निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

आइतबार बसेको आयोग बैठकले प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीका प्रक्रिया तथा मितिहरू तय गर्दै कार्यक्रम सार्वजनिक गरेको हो।

प्रत्यक्ष तर्फका उम्मेदवारहरूले माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन सक्नेछन्। सोही दिन बेलुका ५ देखि ७ बजेसम्म दर्ता भएका उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरिनेछ।

मनोनयनविरुद्ध उजुरी दिने समय माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ। उजुरी र मनोनयनपत्रको छानबिन माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म हुनेछ। माघ ८ गते बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ।

उम्मेदवारले माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन्। त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ। सोही दिन दिउँसो ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

यस्तै, समानुपातिक तर्फको निर्वाचन कार्यक्रम मंसिर २० गतेदेखि लागू हुनेछ। राजनीतिक दलहरूले मंसिर २१ गते बिहान १० बजेदेखि मंसिर २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा सहभागी हुन निवेदन पेस गर्नुपर्नेछ।

दलहरूको नामावली मंसिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म प्रकाशन गरिने छ। पुस १३ र १४ गते बिहान १० देखि ४ बजेसम्म दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने समय निर्धारण गरिएको छ।

माघ २० गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म समानुपातिक बन्दसूची अन्तिम रूपमा प्रकाशित गरिने आयोगले जनाएको छ।

फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म देशभरका मतदान केन्द्रहरूमा मतदान हुनेछ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ७ : ५६ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट