६ आश्विन २०८३, मंगलबार | September 23, 2026

फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट कप्तान रोहित पौडेललाई दियो पूर्ण छात्रवृत्ति



काठमाडौ । फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट कप्तान रोहित पौडेललाई पूर्ण छात्रवृत्ति दिएको छ । यससँगै कप्तान रोहित कुमार पौडेलले शैक्षिक यात्रालाई पनि सँगसँगै अघि बढाउने भएका छन्।

पौडेलजस्तो सफल, अनुशासित र प्रेरणादायी व्यक्तित्व कलेज परिवारमा जोडिनुले विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन र निरन्तर परिश्रमबारे थप उर्जा मिल्ने फिनिक्स कलेजले विश्वास ब्यक्त गरेको छ।

कलेजका नेटवर्क निर्देशक राजु टण्डनले भने,“हामी देशका लागि योगदान पुर्‍याउने प्रतिभाशाली खेलाडीहरूको शैक्षिक यात्रामा साथ दिन पाउँदा निकै हर्षित छौँ। शिक्षा र खेलकुद एकसाथ अघि बढ्न सक्छन् भन्ने उदाहरण दिन हामी सधैं तत्पर छौँ ।”

यसअघि पनि फिनिक्स कलेजले राष्ट्रिय टिमका अन्य खेलाडीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै खेलकुद र शिक्षा दुवै क्षेत्रको सन्तुलित विकासलाई प्रोत्साहन गर्दै आएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ८ : १७ बजे

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला

बुधवारबाटै नेपालमा वर्षाको क्रम बढ्दैजाने

काठमाडौं । भोलि (बुधबार,७-असोज) बाटै नेपालमा वर्षा हुने क्रम बढ्दै