१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट कप्तान रोहित पौडेललाई दियो पूर्ण छात्रवृत्ति



काठमाडौ । फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट कप्तान रोहित पौडेललाई पूर्ण छात्रवृत्ति दिएको छ । यससँगै कप्तान रोहित कुमार पौडेलले शैक्षिक यात्रालाई पनि सँगसँगै अघि बढाउने भएका छन्।

पौडेलजस्तो सफल, अनुशासित र प्रेरणादायी व्यक्तित्व कलेज परिवारमा जोडिनुले विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन र निरन्तर परिश्रमबारे थप उर्जा मिल्ने फिनिक्स कलेजले विश्वास ब्यक्त गरेको छ।

कलेजका नेटवर्क निर्देशक राजु टण्डनले भने,“हामी देशका लागि योगदान पुर्‍याउने प्रतिभाशाली खेलाडीहरूको शैक्षिक यात्रामा साथ दिन पाउँदा निकै हर्षित छौँ। शिक्षा र खेलकुद एकसाथ अघि बढ्न सक्छन् भन्ने उदाहरण दिन हामी सधैं तत्पर छौँ ।”

यसअघि पनि फिनिक्स कलेजले राष्ट्रिय टिमका अन्य खेलाडीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै खेलकुद र शिक्षा दुवै क्षेत्रको सन्तुलित विकासलाई प्रोत्साहन गर्दै आएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ८ : १७ बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा