१३ माघ २०८२, मंगलबार | January 27, 2026

काष्ठकलामा सिपालु भीमबहादुर



गलकोट । यहाँस्थित बागलुङ नगरपालिका-३ खहरेका भीमबहादुर विश्वकर्मा विगत तीन वर्षदेखि कालिका मन्दिर क्षेत्र कलात्मक बनाउनमा व्यस्त छन । मन्दिर पुनःनिर्माण गर्ने, स-साना मठलाई ताम्रापत्रले छाउने र पुनःनिर्माणमा उनलाई भ्याइनभ्याइ छ ।

कालिका मन्दिर वरपर रहेको सत्तल, सचिवालयसहितका स-साना संरचना, मन्दिर तथा मठका झ्याल, तोरण, टुँडाल र ढोकामा बुट्टा भर्दै भीमबहादुरको तीन वर्ष बितेको हो ।

“कालिका मन्दिरमा तीन वर्ष पहिला हवन कुण्डलाई कलात्मक बनाउन आएको थिएँ, त्यस यता क्रमश गणेश मन्दिर, सत्तल, सचिवालयका झ्याल तथा ढोकालाई कलात्मक बनाएँ, मन्दिर परिसरमा अकलादेवीको मन्दिर पुनःनिर्माण सकेर अहिले चण्डीदेवीको मन्दिरमा प्रयोग आउने काठका सामग्री बनाउँदै छु”, विश्वकर्माले भने, “तीन वर्षमा कालिका मन्दिर क्षेत्रका छ वटा मठमन्दिर तथा अन्य भौतिक संरचनामा काठबाट कुँदेका सामग्री राखेर निर्माण गरिएको छ ।”

काष्ठकलामा पोख्त उनी नेपाली सभ्यता र संस्कृति झल्काउने सीपले चर्चित छन । पछिल्लो समय काष्ठकलाप्रति युवाको आकर्षण घट्दै गएको बेला उनी जस्ता सीपका धनी पाउनै गाह्रो छ ।

खर्च र समय बढी लाग्ने भएकाले पछिल्लो पुस्ताले काठबाट निर्मित टुँडाल, झ्याल र ढोकाको प्रयोग गर्न छाडेको उनी बताउँछन । ६३ वर्षीय विश्वकर्माको जीवन नै काष्ठकलामै बित्यो । आफ्नो सात पुस्तादेखि मुख्य पेसा काष्ठकला रहेको उनको भनाइ छ । बुवा मोतिलालले विभिन्न मन्दिरको टुँडाल तथा भगवानका आकृति बनाएको देखेरै १५ वर्षको उमेरदेखि उनी काष्ठकलातर्फ आकिर्षत भएको बताउँछन ।

तामाले छाना छाउने सिप समेत उनमा छ । उनले काठलाई विभिन्न घरेलु औजारले महिनौँ कुँदेर विभिन्न आकृतिमा निर्माण गर्दै आएका आएका छन । “सात पुस्ता काष्ठकलामै समर्पित भयो, बुवासँग २०४८ सालमा कालिका मन्दिरको गजुर मिलाउने, झ्याल तथा ढोका कुँद्ने काम गरेको थिएँ, अहिले बुवाले बनाएकै आँखीझ्याल तथा टुडाँल कालिका मन्दिरमा छन्, बुवा बित्नु भएकै २३ वर्ष बित्यो”, उनले भने ।

विश्वकर्माका पुर्खाले बागलुङ, गुल्मी, पर्वत, म्याग्दीलगायत ठाउँमा दरबार, मठ-मन्दिरलगायतमा काष्ठकलाको काम गरेका छन् । पछिल्लो समय काष्ठकलामा कृत्रिम र विद्युतीय उपकरकण प्रयोग गरिन्छ । तर, घरेलु हतियारले निर्माण गरेको काठको छुट्टै महत्व रहेको उनी बताउँछन ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ७ : ०३ बजे

चितवनमा गैँडाको आक्रमणबाट एक युवाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ ।

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

पार्टीका उम्मेदवारलाई जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई

सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु