१७ फाल्गुन २०८२, आइतबार | March 2, 2026

कीर्तिपुर मैदानको स्मरण गर्दै प्रचण्डले दिए एनपीएल सफलताको शुभकामना



काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को दोस्रो संस्करण आजबाट सुरू हुँदैछ। प्रतियोगिता प्रारम्भअघि नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन्।

प्रचण्डले एनपीएल सहभागी सबै टोलि, नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी, आयोजक, व्यवस्थापक र विश्वभर रहेका नेपाली क्रिकेट प्रेमीहरूलाई सफलताको कामना गर्दै कीर्तिपुर क्रिकेट मैदानसँग सम्बन्धित विगतका महत्त्वपूर्ण घटनाको स्मरण पनि गरेका छन्।

उनका अनुसार, २०७९ चैत २ गते युएईविरुद्धको ऐतिहासिक जीतले देशमा खुशी छाएको भए पनि त्यतिबेला खेल मैदानको दयनीय अवस्थाले दर्शकहरूको आक्रोश उस्तै थियो। सो घटनापछि उनले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा कीर्तिपुरमा आधुनिक फ्लडलाइट र इलेक्ट्रोनिक स्कोरबोर्ड जडानका लागि राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको उल्लेख गरेका छन्।

बजेट विनियोजन भएर काम अघि बढे पनि कानुनी तथा प्राविधिक जटिलताका कारण निर्माण ढिलाइ भएको प्रचण्डको भनाइ छ। उनले अघिल्लो सरकार र विपक्षी नेताका रूपमा आफूले निरन्तर दबाब दिँदै आएको पनि बताएका छन्।

अन्ततः, एनपीएलको दोस्रो संस्करण फ्लडलाइटसहितको स्टेडियममा हेर्न पाउनु गर्वको विषय भएको उनको भनाइ छ। उनले नेपाल सरकार, राखेप, क्यान, खेलाडी तथा क्रिकेटप्रेमी सबैको सकारात्मक भूमिकाको प्रशंसा गर्दै नेपाली क्रिकेटको विकास, विस्तार र पेशागत उचाइमा यो प्रतियोगिताले नयाँ ऊर्जा थपोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

साथै, राष्ट्रिय गौरवका योजनाअन्तर्गत घोषणा भएका अन्य रंगशालाहरू पनि सरकारले यथाशीघ्र निर्माण कार्य अघि बढाउनुपर्ने भन्दै प्रचण्डले आग्रह जनाएका छन्।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : ४७ बजे

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका