२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तक शीर्षकमा आएको कुल रकममध्ये चार लाख ४३ हजार ४३० रुपैयाँ ७० पैसा हिनामिना भएको पाइएको हो । उनका अनुसार आयोगले अनुसन्धानका क्रममा छात्रवृत्तिका लागि निकासा भएको रु ५१ हजार ६०० मध्ये कुनै पनि विद्यार्थीलाई वितरण नगरेको, दिवा खाजाका रु दुई लाख ४७ हजार ५० मध्ये केवल रु नौ हजार ९०० बराबरको खाजा मात्र खुवाएको र बाँकी रु दुई लाख ३७ हजार १५० दुरुपयोग भएको देखिएको छ ।

यसैगरी पाठ्यपुस्तक शीर्षकमा प्राप्त रु एक लाख १६ हजार ७२९ मध्ये केवल एक हजार ७६४ रुपैयाँ ४० पैसा बराबरको पुस्तक खरिद गरी तीन विद्यार्थीलाई वितरण गरिएको र बाँकी रकम निकासाअनुसार खर्च नभएको आयोगको अनुसन्धानबाट खुलेको हो । सामाजिक सुरक्षा कर ३९ हजार सात सय १४ रुपयाँ ९५ पैसा समेत दाखिला नगरी हिनामिना गरिएको आयोगद्वारा दायर गरिएको आरोपपत्रमा उल्लेख गरिएको छ ।

आयोगले दुवैजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र दुरुपयोग गरेको सम्पूर्ण रकम असुल–उपर गर्न मागदाबी लिइएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ८ : २४ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको