२ चैत्र २०८२, सोमबार | March 17, 2026

जेनजी आन्दोलनका क्रममा नेपालगन्जमा तोडफोड, आगजनी र लुटपाट गर्ने ६ जना पक्राउ



नेपालगन्ज । गत भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा नेपालगन्ज स्थित उच्च अदालत तुलसीपुर इजलास, नेपालगन्जमा तोडफोड, आगजनी र लुटपाट गर्ने ६ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालतमा तोडफोड, आगजनी र लुटपाट कार्यमा संलग्न ६ जनालाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेहरुमा नेपालगन्ज-४ का रविकुमार वैश्य र एसनराज सिद्दिकी, नेपालगन्ज-९ का गंगासागर बर्मा र ओमराज सोनी, नेपालगन्ज-५ का मो. ताहिर हल्वाई र नेपालगन्ज-१० का बब्लु गोडिया रहेका छन् ।

उनीहरुविरुद्व अपराधिक उपद्रव सम्बन्धी कसुरमा परेको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई अदालतबाट ५ दिन म्याद थपेर अनुसन्धान थालिएको डीएसपी पातलीले बताए ।

भदौ २३ गते सुरु भएको जेनजी आन्दोलनमा राजधानी काठमाडौंमा राज्यपक्षको गोली प्रहारबाट युवा विद्यार्थीको ज्यान गएपछि आन्दोलन हिँसात्मक बनेको थियो । २४ गते भड्केको आन्दोलनमा संलग्न केही समुहले सरकारी, सार्वजनिक र व्यक्तिगत सम्पतिमा तोडफोड, आगजनी र लुटपाट गरेको थियो ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ९ : ४० बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित