२२ भदौ २०८३, सोमबार | September 7, 2026

सुरक्षा चुनौती निस्तेज पार्ने रणनीति बनाउन महानिरीक्षक कार्कीको निर्देशन



काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा देखापरेको सुरक्षा चुनौतीको विश्लेषण गर्दै त्यसको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेपछि उनले ‘भर्चुअल’रुपमा आज मातहतका निकायलाई व्यावसायिक रूपमा आआफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक कार्कीले आपराधिक गतिविधिको सूचना सङ्कलन तथा विश्लेषणमा थप सक्रियता अपनाउनु आवश्यक रहेको जनाएको उनको सचिवालयले जनाएको छ । उनले वस्तुनिष्ठ अपराध अनुसन्धान, सीमानाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई उच्च प्राथमिकता दिन निर्देशन दिए ।

महानिरीक्षक कार्कीले आसन्न निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीति अवलम्बन गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । “आ–आफ्नो जिम्मेवार क्षेत्रमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवं सरोकारवाला सबै पक्षसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुहोला”, निर्देशन सम्बोधनमा प्रहरी महानिरीक्षक कार्कीले भने ।

त्यसक्रममा वरिष्ठ प्रहरी अधिकृतलगायतको उपस्थिति थियो भने काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधि भर्चुअल रुपमा सहभागी थिए ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १० : ५४ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११