७ श्रावण २०८३, बिहिबार | July 23, 2026

पिकोनको उत्प्रेरणा कार्यक्रम



बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा आफनो उत्पादन लन्च तथा विद्युतकर्मीहरुलाई उत्प्रेरणा कार्यक्रम गरेको छ ।

यस क्षेत्रको आधिकारीक विक्रेता काशी ईलेक्टिक्स स्टोरको आयोजनामा सोमबार बुटवलमा आयोजना भएको कार्यक्रमको कम्पनीका भारत माकेर्टिङ हेड मनोज पोदार, नेपालका विजनेश हेड विकास पोदारले विद्युतिय सामग्री उत्पादन गर्दा नया नया प्रविधीको प्रयोग गरि समयसापेक्ष र आम उपभोक्ताको माग अनुसार रहेको बताए ।

विशेष गरि भोल्टेज समस्या नहुने, उपभोक्ताको समस्या समाधान सहितको उत्पादन रहेको पोदारको दाबी छ । कम्पनीको हाल ७ सय बढी ईलेक्टिक उत्पादनहरु रहेका छन । नया र प्रविधियुक्त उत्पादन रहेको छ ।

यसैबिच नेपाल विद्युत ब्यवसायी महासंघका नवनिर्वाचित द्धितिय उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे, सचिव लोकनाथ पोखरेल र प्रदेश संयोजक दिपक पौडेललाई सम्मान गरिएको छ । नेपाल विद्युत ब्यवसायी संघका अध्यक्ष सागरराज खरेल विद्युतकर्मीहरुको हकहितमा निरन्तर लाग्नुपर्ने बताए । कार्यक्रममा सुनसरी जिल्लाबाट डिलर आनन्द चित्लागिया, चितवनका प्रविण पौडेल, पर्साका कृष्ण पटेलको विशेष उपस्थिती रहेको थियो ।

यसैगरि उत्प्रेरना कार्यक्रममा सहभागी एक सय ५० बढी विद्युतकर्मीहरुलाई लक्की ड्रमार्फत विभिन्न मेशिन, फ्रिज उपहार दिईएको काशी ईलेक्टिक स्टोरका एमडी सन्दिप कशौधनले बताए । कार्यक्रममा काशीका डाइरेक्टर राहुल कशौधनले विद्युतकर्मीहरुलाई आगामी दिनहरुमा समेत उत्प्रेरणा र तालिमका कार्यक्रममा जोड दिने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ९ : १४ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ