३० असार २०८३, मंगलबार | July 14, 2026

मधेश प्रदेशसभामा सभामुख मण्डलविरुद्धको महाभियोग आज छलफलमा



जनकपुरधाम । मधेश प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलमाथि दर्ता भएको महाभियोग प्रस्तावमाथि आज छलफल हुनेभएको छ ।

महाअभियोगमाथि छलफल गर्न आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । प्रदेशसभा सचिवालयका अनुसार उपसभामुख बबिता राउत ईशरले बैठक आह्वान गरेकी हुन् ।

बैठकमा सभामुखले पदअनुकूल आचरण नगरेको आरोपसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ। यस सम्बन्धी सूचना प्रदेशसभा सदस्यहरूलाई पठाइएको सचिवालयले जनाएको छ।

यसअघि नेकपा संसदीय दलका नेता भरत साहले ३२ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित बैठक बोलाउन माग गर्दै मंगलबार पत्र पेस गरेका थिए।

गत कात्तिक २७ गते सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदले सभामुख मण्डलविरुद्ध पदअनुकूल आचरण नदेखाएको आरोप लगाउँदै महाभियोग प्रस्ताव दर्ता गराएका थिए। कानुनअनुसार सो प्रस्तावमाथि एक साताभित्र सदनमा छलफल गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ८ : १७ बजे

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल

भारत-नेपाल सीमाबाट ‘शंकास्पद’ अमेरिकी नागरिक पक्राउ

बुटवल । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक