१५ माघ २०८२, बिहिबार | January 29, 2026

पाशुपत क्षेत्रमा शतबीज छरियो



काठमाडौं । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज पितृमोक्षको कामनाका साथ पाशुपत क्षेत्रमा शतबीज छरिएको छ । बाला चतुर्दशीसमेत भनिने आज विधिपूर्वक शिवालय परिसर पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज छरे दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ ।

‘चर्तुवर्ग–चिन्तामणि’अनुसार धानका सय दाना छर्ने विधि भए पनि कतिपयले मकै, गहुँ, हलेदो, जौं, कागुनोलगायत अन्न शतबीजका रूपमा छर्ने गरेका छन् ।

मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेर शतबीज छरी अन्न खानुपर्ने मान्यता छ । पशुपति क्षेत्रको मृगस्थली, विश्वरुप, आर्यघाट, रुद्रगाडेश्वर, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नवबुद्ध, बहिरो गणेशलगायत क्षेत्रमा शतबीज छर्नेको घुइँचो छ । आज पाशुपत क्षेत्रमा आउनेले वासुकी र गुह्येश्वरीमा पनि विशेष पूजा गर्ने प्रचलन छ ।

पाशुपत क्षेत्रका साथै काठमाडौं उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबार मक्खन महादेवस्थानमा पनि शतबीज छरिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : ३५ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण