काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बैस्दैछ ।
अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाएका हुन् । बैठकमा आगामी ११औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे विस्तृत छलफल हुने बताइएको छ । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुने तय भएको छ। महाधिवेशनका लागि प्रतिनिधि छनोट भने मङ्सिर १३ गते एकै दिन गर्ने पार्टीले जनाएको छ।
यस्तै, मङ्सिर ६ गते काठमाडौंमा आयोजना हुने प्रदर्शनका विषयमा पनि बैठकले छलफल गर्ने बताइएको छ।
एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेले सडक र अदालत दुवै माध्यमबाट दबाब जारी राख्ने बताउँदै आएको छ। हिजो मात्र विघटित प्रतिनिधिसभाका सदस्यहरुको बैठकमा अध्यक्ष ओलीले अदालत र सडकबाट दबाब बढाउने घोषणा गरेका थिए ।


















प्रतिक्रिया