१५ माघ २०८२, बिहिबार | January 29, 2026

सिमरा घटना जेनजीको भावना होइन, दुरुपयोग हो : कांग्रेस महामन्त्री शर्मा



काठमाडौं । बाराको सिमरामा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई राजनीतिक कार्यक्रममा जान रोक्न खोजिएपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले असन्तुष्टि जनाएका छन् ।

शर्माले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले सिमरामा भएको झडपलाई “दुःखद” भन्दै चुनावी वातावरण निर्माण नहुँदा समस्या बढ्ने चिन्ता व्यक्त गरेका छन् ।

शर्माले प्रधानमन्त्री सुशीला कार्कीलाई मेन्सन गर्दै “एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?” भनेर प्रश्न गरेका छन्।

उनले सामाजिक सञ्जाल प्रयोगमा लक्षित प्रतिबन्धको विरोधमा उभिने जेनजी समूह कसैको भ्रमण तथा गतिविधिमाथि रोक लगाउने पक्षमा उभिनै नसक्ने भन्दै सिमराको घटना वास्तविक जेनजी भावना नभई त्यसको “दुरुपयोग” भएको टिप्पणी गरेका छन् ।

शर्माले निषेधको राजनीति नगर्न सबैलाई आग्रह गर्दै, भनेका छन्, “निषेधको राजनीति कसैले नगरौं १” भनेर समावेशी र सहिष्णु राजनीतिक वातावरण निर्माणमा जोड दिएका छन्।

सिमरामा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई रोक्न खोजने जेनजी युवा र एमाले कार्यकर्ताहरुबीच झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
https://x.com/bishwaprakash77/status/1991045877876814127

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  २ : ०६ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण