१५ माघ २०८२, बिहिबार | January 29, 2026

सिमरा घटना संवेदनशील, राजनीतिक कार्यक्रम रोक्न पाईंदैन : रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाराको सिमरामा उत्पन्न भएको तनाबलाई संवेदनशील घटना भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।

बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठकको बीचमा प्रवक्ता मनिष झाले निर्वाचनको माहोल बनाउन राजनीतिक दलहरूलाई सार्वजनिक कार्यक्रम आयोजना गर्ने पूर्ण अधिकार सुनिश्चित गर्नुपर्ने बताउँदै सिमरा घटनाप्रति गम्भीर चासो व्यक्त गरे।

उनले भने, “निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ। आज सिमरामा भएको घटना संवेदनशील छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौं।”

बाराको परवानीपुरमा एमाले निकट युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई लक्ष्य गरी विमानस्थल गेटमा प्रदर्शन तथा तोडफोड भएको थियो। उक्त घटनापछि सिमरा क्षेत्र तनाबग्रस्त बनेको थियो।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ४ : १९ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण