११ माघ २०८२, आइतबार | January 25, 2026

सिमराको स्थिति सामान्य हुँदै : गृह मन्त्रालय



काठमाडौँ । गृह मन्त्रालयले आज बाराको सिमरामा भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्थिति सामान्य बन्दै गएको जनाएको छ ।

आज साँझ एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त घटनाबाट सिर्जित अवस्थालाई नियन्त्रणमा लिइ स्थिति सामान्य बनाउँदै शान्तिसुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको र स्थिति सामान्य हुँदै गएको जनाएको हो ।

मन्त्रालयका सहायक प्रवक्ता रवीन्द्र आचार्यद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकार मुलुकमा शान्ति व्यवस्था र अमनचयन कायम गरी तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ ।

“मुलुकमा शान्तिसुरक्षा कायम राख्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबैको आपसी संवाद, समन्वय र सहयोग अपरिहार्य रहेको छ । यसका लागि सबै पक्षले आआफ्नो कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनसँग समन्वयमा शान्तिपूर्वक तरिकाले व्यवस्थित र मर्यादापूर्वक सञ्चालन गर्नु गराउनु वाञ्छनीय रहन्छ”, विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ८ : ३८ बजे

कर्मचारी कुटपिट गर्नुपर्ने जस्ता अभिव्यक्ति दिने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन