२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रास्वपाको ‘प्रतिनिधिसभा उम्मेदवार छनौट समिति संयोजक’मा सहमहामन्त्री आचार्य



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सह-महामन्त्री विपिनकुमार आचार्यलाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गठित उम्मेदवार छनोट समितिको संयोजक नियुक्त गरेको छ।

बुधबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले आचार्यलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो। समितिमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य डा. चन्दा कार्की र राजन गौतम (चितवन) साथै प्रदेश सभापतिहरू पदेन सदस्यको रूपमा रहनेछन्।

प्रवक्ता मनिष झाका अनुसार सह-महामन्त्री आचार्यले उम्मेदवार छनोटसम्बन्धी रूपरेखा मस्यौदा सफलतापूर्वक तयार पारेको मूल्यांकन गर्दै उनलाई समितिको नेतृत्वको अतिरिक्त जिम्मेवारी प्रदान गरिएको हो। “प्रतिनिधि सभा निर्वाचन, २०८२ का लागि उम्मेदवार छनोटसम्बन्धी मस्यौदा उत्कृष्ट रूपमा सम्पन्न गर्नुभएकाले उहाँलाई संयोजक तोकिएको हो।” झाले भने ।

यता, रूपन्देही-३ मा भने रास्वपाले यसअघिकै निर्णय कायम राख्दै डा. लेखजंग थापालाई नै उम्मेदवार बनाउने भएको छ। उपनिर्वाचनका लागि यसअघि नै छनोट भएका थिए, तर प्रतिनिधि सभा विघटन हुँदा उपनिर्वाचन हुन पाएको थिएन ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  १२ : २३ बजे

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका