२१ चैत्र २०८२, शनिबार | April 4, 2026

रवि र छविको सुनवाइ स्थगित



बुटवल । सुप्रिम सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सहअभियुक्त छविलाल जोशीको आजका लागि तोकिएको पेसी स्थगित भएको छ । बुटवल इजलासमा चलिरहेको मुद्दाको सुनुवाइ स्थगित गर्न रविका कानुन व्यवसायीले निवेदन दिएको पुष्टि अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले गरे ।

आजकै दिन पाटन उच्च अदालतमा पनि रविको मुद्दा परेकाले बुटवलमा तोकिएको पेसी स्थगित गर्न निवेदन दिएको थियो । बिगोबमोजिम रकम बुझाएर थुनाबाहिर बसेर मुद्दा लड्न पाउने मागसहित दायर गरिएको रिटमाथिको सुनुवाइ पनि स्थगित भएको हो ।

गत कात्तिक २७ गते न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मुल अभियोग मिसिल झिकाउन आदेश दिएको थियो । सोही मिसिल प्राप्त नहुँदा आजका लागि तोकिएको सुनुवाइ स्थगित गरिएको हो । यसअघि कात्तिक २० गतेको सुनुवाइमा पनि सुरु मिसिल झिकाउन आदेश भएको थियो ।

जिल्ला अदालतबाट प्राप्त प्रतिलिपिको आधारमा बिहीबार पेसी चढाइए पनि सर्वोच्चको सक्कल मिसिल नआएकाले सुनुवाइ अघि बढ्न नसकेको अदालतले स्पष्ट पारेको छ । सूचना अधिकारी कुँवरका अनुसार अदालतले मुद्दालाई प्राथमिकतामा राखेर आवश्यक प्रक्रिया अघि सारिरहेको छ ।

यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले रवि लामिछाने र छविलाल जोशीको मुद्दा एउटै प्रकृतिको भएकाले संयुक्त रूपमा राख्न आदेश दिएको थियो । बिगोबमोजिम रकम बुझाएर थुनामुक्त गर्ने माग दुवैले राखे पनि व्यक्तिगत बिगो रकम यकिन नभएकाले दुवैको माग अस्वीकार हुँदै आएको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीबाट १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो दाबी गरिएको छ । लामिछानेले त्यसको चार हिस्सा मध्ये एक हिस्सा बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा पेस गरिसकेका छन् । जोशीले पनि उस्तै रकमजति जमानत पेस गरेका छन् ।

तर, उनीहरूलाई छुट दिने आधार स्पष्ट नभएकाले अदालतले दुवैलाई थुनामै राख्ने निर्णय दोहोर्‍याएको छ । हाल रवि लामिछाने ललितपुरको नख्खु कारागारमा छन् भने छविलाल जोशी भैरहवा कारागारमा थुनामा रहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  १ : ०३ बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ