१५ माघ २०८२, बिहिबार | January 29, 2026

सिमरामा आज पनि तनाव, स्थिति नियन्त्रणका लागि फेरि कर्फ्यू



काठमाडौं । बाराको सिमरा क्षेत्रमा बुधबारको झडपपछि बिहीबार पनि तनाव जारी रहेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

जेनजी समूहका युवाहरूले प्रदर्शन चर्काएपछि बिहीबार दिउँसो १२स्४५ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यू लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बिहीबार बिहान ११ बजेबाट नै सिमरा चोकमा जेनजी नाममा युवाहरू सडकमा उत्रिएर प्रदर्शन गर्दै आएका थिए। भीड नियन्त्रणका क्रममा प्रहरीले सामान्य बल प्रयोग गरे पनि उल्टै प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति झनै बिग्रिएको थियो।

स्थिति नियन्त्रणमै नसकिएपछि प्रशासनले पथलैयादेखि दक्षिण जीतपुरको ललका पुलसम्म, राजमार्गको ५०० मिटर दायाँबायाँ तथा विमानस्थल क्षेत्रको ५० मिटर आसपासका क्षेत्रमा कर्फ्यू लागू गरेको हो।

प्रदर्शनका कारण सिमरा क्षेत्रमा यातायात पूर्ण रूपमा अवरुद्ध बनेको छ। प्रदर्शनकारीले सिमरा चोकमा टायर बालेर विरोध जारी राखेका छन्।

जेनजी समूहका युवाहरूले आफूहरूलाई कुटपिट गर्ने एमाले नेता तथा कार्यकर्तालाई पक्राउ नगरिएको भन्दै आज पनि ठूलो संख्यामा सिमरा बजार क्षेत्रमा प्रदर्शन गरे। स्थितिलाई नियन्त्रणमा ल्याउन खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुवैतर्फ केही व्यक्तिहरू सामान्य घाइते भएका छन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  १ : ३० बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण