१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अफगानिस्तानमा डेङ्गुको उच्च जेखिम : डब्ल्यूएचओ



काबुल । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पूर्वी अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम रहनुका साथै डेङ्गु सङ्क्रमितहरुको सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि भएको रिपोर्ट गरेको छ । नोभेम्बरमा मात्र एक हजार भन्दा बढी डेङ्गुका घटनाहरू रेकर्ड गरिएको द खामा प्रेसले रिपोर्ट गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदन अनुसार तुलनात्मक रुपमा गत महिना देखि नङ्गरहार प्रान्तमा डेङ्गुका घटनाहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ ।

यसैबीच, पन्जाबका विभिन्न क्षेत्रमा डेङ्गुको उच्च जेखिम रहको छ भने मुल्तान र फैसलाबादले सबै भन्दा चिन्ताजनक अवस्थाको सामना गरिरहेको बताइएको छ ।

दक्षिण पन्जाबका चिकित्सा कार्यकर्ताहरूले पछिल्लो हप्ताहरूमा डेङ्गुका बिरामीहरूको सङ्ख्या लगभग दस गुणा बढेको पुष्टि गरेका छन् ।

मुलतानका प्रमुख सरकारी अस्पतालहरूमा डेङ्गुका कारण कयौँ विरामीको मृत्यु भएको चिकित्सक र वरिष्ठ जनस्वास्थ्य विज्ञहरूले बताएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  १ : २० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा