१८ चैत्र २०८२, बुधबार | April 1, 2026

भौतिक विकासका साथै आर्थिक र सामाजिक विकास मार्फत समाज रुपान्तरण संभव : नगरप्रमुख पाण्डेय



बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले भौतिक  विकासका साथै आर्थिक र सामाजिक विकास मार्फत समाज रुपान्तरण संभव भएको बताएका छन् । भौतिक पुर्वाधार बिकासबाट मात्रै समाजको सार्थक बिकास नहुने धारणा राख्दै नगर प्रमुख पाण्डेयले आर्थिक, सामाजिक र नैतिक शिक्षाको बिकासबाट मात्रै समृद्धि हासिल हुने कुरामा जोड दिए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा बुद्ध टोल बिकास संस्थाको ११ औं साधारण सभा तथा ५ औं अधिबेशनको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, मानविय बिकास लगाएतका बिषयहरु उपमहानगरको प्रमुख लक्ष र उद्देश्य रहेको बताए । टोल बिकास संस्थाहरु स्थानीय सरकारका बिकास, समन्वय र सहकार्यका लागि प्रमुख आधारशिलाको रुपमा रहेको उल्लेख गर्दै प्रमुख पाण्डेयले टोल बिकास संस्थाहरुलाई थप मजबुत र जिम्मेबार बनाउन आवश्यक रहेको पनि जिकिर गरे ।

सो अवसरमा बुटवल १२ का वडाध्यक्ष डिल्ली प्रसाद आचार्यले टोल बिकास मार्फतनै योजनाहरुको माग र कार्यान्वयन गर्ने गरिएको चर्चा गर्दै टोल बिकास संस्था मार्फत योजनाहरु कार्यान्यवन गर्दा बिवादरहित हुने गरेको पनि उल्लेख गरे । उनले सबै टोलमा आवश्यक परेको स्थानमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।

भुपु सैनिक कल्याणकारी संघका अध्यक्ष पुर्ण बहादुर शाहीले टोल समाजमा एकता, बिश्वास र समझदारी कायम गरि अघि बढेमा समुन्नत समाजको निर्माण हुने बिश्वास ब्यक्त गरे । बुद्ध टोल बिकास संस्थाका अध्यक्ष शारदा सुबेदीले सभामा बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै टोलको बिकासमा सबैको समुदायको भुमिका महत्वपुर्ण हुने बताए ।

कार्यक्रममा पुर्व वडाध्यक्ष दुर्गा प्रसाद सुवेदी, टोल बिकास संस्थाका उपाध्यक्ष बिष्णु खड्का, सचिव सुनिता गिरी, कोषाध्यक्ष दिपा थापालगाएतले टोल बिकास संस्थाको भुमिका, काम कर्तब्य र अधिकारबारे चर्चा गरेका थिए । सो अवसरमा टोलको बिकासमा उल्लेख्य योगदान पुराएवापत संस्थाका सचिव सुनिता गिरी र कोषाध्यक्ष दिपा थापालाई सम्मान गरिएको थियो । साथै टोलका एक दर्जन एकल महिलाहरुलाई सम्मान गर्दै पौष्टिक आहारहरु प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ८ : ३८ बजे

अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ

खड्का-कोइराला पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा

देशकै ठूलो यातायात संस्था : पश्चिम नेपाल बसको छैठौं साधारणसभा फरक शैलीमा

बुटवल । नेपालकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस