बुटवल । रुपन्देहीको भैरहवामा ३४ वर्षिया महिलालाई जबरजस्ती करणी गरी फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
गत वर्षको मंसिर ९ गते जबरजस्ती करणी गरी वारदात पश्चात फरार रहेका रुपन्देही मर्चवारी गाउँपालिका वडा नं. ५ बनियाडिहा बस्ने २१ वर्षिय दिलिप गौडलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मर्चवारी गाँउपालिका वडा नं. ३ सुरहवाबाट पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया