काठमाडौं । नेकपा एमालेले आज नेशनल भोलियन्टर फोर्स (राष्ट्रिय स्वयंसेवक बल) औपचारिक रूपमा घोषणा गर्न लागेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहन्छन् ।
घोषणापूर्व बबरमहलबाट माइतीघर हुँदै नयाँ बानेश्वरसम्म मार्चपास गर्ने कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ । एमालेले यो बललाई पार्टी संरचना सुदृढ गर्न तथा विभिन्न गतिविधिमा सहजीकरण गर्न उपयोगी बनाउने उद्देश्य राखेको बताइएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि एमाले प्रतिनिधि सभाको पुनर्स्थापनाको मागसहित सक्रिय रूपमा आन्दोलनमा रहेको छ । सो क्रममा नेता, कार्यकर्ता तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै पार्टीले विभिन्न संयन्त्र गठन गर्दै आएको छ ।


















प्रतिक्रिया