१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आगजनी-तोडफोड गर्ने तथा ‘राक्षसी शासन’ थोपर्न खोज्नेको प्रतिरोध : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अलोकतान्त्रिक दिशातिर धकेल्ने प्रयासहरूलाई एमालेले कडा रूपमा रोक्ने घोषणा गरेका छन्।

शुक्रबार काठमाडौंमा पार्टीको नयाँ लडाकु संरचना नेशनल भोलिन्टियर्स फोर्स को औपचारिक घोषणा गर्दै उनले वर्तमान राजनीतिक वातावरण र सरकारको व्यवहारप्रति तीव्र असन्तोष व्यक्त गरे।

उनले मुलुकमा अराजकता फैलाउने, आगजनी-तोडफोड गर्ने तथा ‘राक्षसी शासन’ थोपर्न खोज्ने जोसुकैलाई भोलिन्टियर्सले प्रतिरोध गर्ने चेतावनी दिए । पछिल्लो समय ‘जेनजी’ नाममा भइरहेका गतिविधि वास्तविक युवापुस्ता नभई ‘नक्कली समूह’को षड्यन्त्र भएको उनले आरोप लगाए। “अराजक गतिविधि जेनजीका नाममा लुकाएर गरिँदैछ। यस्तो उपद्रव सरकारले तुरुन्त रोक्नुपर्छ,” उनले स्पष्ट गरे।

ओलीले सरकारले चुनावको कुरा गरे पनि नेताहरूलाई सभामा जान नदिने, भाषण रोक्ने, शान्तिपूर्ण भेलामा अवरोध गर्ने अधिनायकवादी प्रवृत्ति देखाएको आरोप पनि लगाए ।

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा पुनर्स्थापनाबारे राजनीतिक दलहरूसँग छलफल गर्दै व्यक्त गरेको अभिव्यक्तिप्रति पनि ओलीले कडा आपत्ति जनाए। कार्कीले पुनर्स्थापना भए अझै अस्थिरता बढ्न सक्ने संकेत गरेकी थिइन्।

त्यसप्रति प्रतिक्रिया दिँदै ओलीले भने, “यदि सरकार संविधानसम्मत छैन भने विद्रोह हुन्छ रेरु को विद्रोह गर्छ ? नेपाली जनतालाई धम्क्याएर फेरि आगो लगाउने कुरा हो ? प्रधानमन्त्रीज्यू, यो योजना हो कि अनुमान ? योजना हो भने सपना नदेख्नुस्, अनुमान हो भने डराउन छाड्नुस्। नेपाली जनतालाई पनि डर देखाउन छाड्नुस्।”

ओलीले नेशनल भोलिन्टियर्स फोर्स स्थानीय तहसम्म विस्तार गरी राष्ट्रिय सम्पत्ति, सामाजिक शान्ति र लोकतान्त्रिक अधिकारको रक्षा गर्न भूमिका निर्वाह गर्ने पनि बताए।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ३ : २४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा