१० भदौ २०८३, बुधबार | August 26, 2026

काठमाडौंमा ‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरण सुरु



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण सुरु गरेको छ । आज राष्ट्रिय ट्रमा सेन्टरमा प्रदर्शनका घाइतेको चोटपटकको गम्भीरताअनुसार वर्गीकरण सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले यथाशक्य घाइतेहरूको छिटो वर्गीकरण गरेर स्वास्थ्य मन्त्रालयमा सिफारिसका लागि पठाइने जानकारी गराए । उनले भने, “हामी पारदर्शी ढङ्गले नै घाइतेको वर्गीकरण गर्छौं । सरकारको नीतिअनुसार हामीले काम गरिरहेका छौँ, यहीअनुसार घाइते भएका ७७ वटै जिल्लामा घाइतेको वर्गीकरण गरेरमा सरकारलाई सहज रूपमा विवरण प्राप्त हुनेछ ।”

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार अस्पतालमा उपचाररत घाइतेलाई अस्पताल पुगेर वर्गीकरण गर्ने र सिफारिस गरेर पठाउने जानकारी गराए । “वर्गीकरण लागि आउन नसक्नेलाई अस्पतालले एम्बुलेन्सको व्यवस्था गरेर सहजीकरण गरेको छ । धेरै जना सम्पर्कमा आइसकेकाले सम्भवतः एक हप्ताभित्र परिचयपत्र वितरणको काम सक्छौँ ।”

वर्गीकरणका लागि घाइते परिचयपत्र बोकेर करिब १०० जना घाइते ‘जेनजी’ हरू ट्रमा सेन्टरमा पुगेका थिए ।

सरकारले ‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि २०८२ जारी गरिसकेको छ । घाइतेलाई अतिगम्भीर, गम्भीर, मध्यम र सामान्य घाइतेगरी चार प्रकारमा वर्गीकरण गर्ने भनिएको छ । घाइतेमध्ये चोटपटकका आधारमा अतिगम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटकका आधारमा छुट्याउने गरिएको छ । वर्गीकरणका आधारमा परिचयपत्र उपलब्ध गराई सोहीअनुसारको सुविधा उपलब्ध गराउने सरकारको नीति छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ४ : २७ बजे

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक

भोटेकोशी बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन