२१ चैत्र २०८२, शनिबार | April 4, 2026

मार्क वाटको शतकले कर्णाली याक्सलाई पहिलो जित, लुम्बिनी लायन्स ९ विकेटले पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो चरणअन्तर्गत शनिबार भएको खेलमा ओपनर मार्क वाटको शानदार शतकको बलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटको एकतर्फी अन्तरले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले दिएको लक्ष्य सहजै पछ्याउँदै कर्णालीले केवल एक विकेट गुमाएर खेल आफ्नो पक्षमा पारेको हो । कर्णालीका लागि ओपनर मार्क वाटले ४४ बलमा अविजित ११५ रनको विस्फोटक इनिङ खेले । उनको इनिङमा चौका-छक्काको वर्षा भयो र यही प्रदर्शनले टोलीलाई सिजनको पहिलो जित दिलायो ।

वाट यस सिजन शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । यस्तै, लगातार उत्कृष्ट प्रदर्शनका कारण उनी वर्तमान सिजनको सर्वाधिक टप स्कोरर पनि बनेका छन् ।

उनको शतकसँगै एक अर्को कीर्तिमान पनि बनेको छ । वाटले आफ्नै टिमका अर्को ओपनर प्रियाङ्क पञ्चालको रेकर्ड तोडेका हुन् । प्रियाङ्कले सिजनको दोस्रो खेलमा चितवन राइनोजविरुद्ध ४८ बलमा ९० रन बनाएका थिए। वाटको ४४ बलमा शतकले त्यो इनिङलाई पछाडि पारिदियो ।

कर्णाली याक्सले अब आगामी खेलमा यस नै लयलाई कायम राख्ने लक्ष्य लिएको छ भने लुम्बिनी लायन्सका लागि भने हारपछि तालिकामा उक्लिन चुनौती थपिएको छ ।

आजको दोस्रो खेल काठमाडौं गोर्खाज र विराटनगर किङ्सबीच हुँदैछ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  २ : १७ बजे

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौं । भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली