काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले काठमाण्डू गोर्खाजविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोज्दै काठमाण्डूलाई पहिलो इनिङ्सका लागि ब्याटिङ पठाए ।
प्रतियोगितामा काठमाण्डूको यो तेस्रो खेल हो । उसले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले हार बेहोरेको थियो ।
विराटनगरका लागि यो दोस्रो खेल हो । पहिलो खेलमा उसले पोखरा एभेन्जर्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५३ रनको फराकिलो जित हात पारेको थियो ।
आजको खेल दुवै टिमका लागि महत्वपूर्ण मानिएको छ ।


















प्रतिक्रिया