२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

निर्माण व्यवसायीले काम र कर्मचारीले समयमै निर्णय नगर्दा राज्यले ठूलो नोक्सानी बेहोरिरहेको छ : मन्त्री घिसिङ



काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीले आफूले लिएका ठेक्काको काम नगर्दा र कर्मचारीले आफ्नो जिम्मेवारीको निर्णय समयमै नगरिदिंदा राज्यले ठूलो नोक्सानी बेहोरिरहनु परेको बताए

नेपाल इन्जिनियरिङ परिषद्ले आइतबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री घिसिङले पूर्वाधार क्षेत्रमा प्राविधिक दक्षता देखाउन नसक्दा र समयमै निर्णय नगर्दा आयोजना कार्यान्वयनमा जटिलता देखिएको बताए ।

आयोजना समयमा सम्पन्न हुन नसक्दा त्यसबाट प्राप्त रोजगारी सिर्जना, उत्पादकत्व, कुल ग्राहस्र्थ उत्पादनमा योगदानजस्ता लाभ प्राप्त हुन नसकेको घिसिङले उल्लेख गरे ।

‘धेरै आयोजनामा काम नहुने निर्माण व्यवसायीका कारणले मात्र नभएर आयोजनाका तर्फबाट गर्नुपर्ने निर्णय समयमै नहुँदा पनि समस्या देखिएको छ, निर्णय नै गर्न नखोज्ने र गर्नै परे पनि डराउने प्रवृति देखिएको छ, इन्जिनियर कमजोर बन्दा ठेक्का सम्झौता प्रभावित हुने देखिएको छ, ठेक्का व्यवस्थापन र नेतृत्वमा रहेकाले कानूनी रुपमा पुष्टि हुने गरी शीघ्र निर्णय गर्नुपर्दछ’,घिसिङले भने ।

उनले इन्जिनियहरु आफ्नो प्राविधिक विषयमाभन्दा पनि विकास आयोजनामा सामाजिक तथा वातावरणीय विषयहरु सम्हाल्न मै बिताउनु पर्ने अवस्था रहेको उल्लेख गरे ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : १७ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२