८ चैत्र २०८२, आइतबार | March 22, 2026

जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन लाग्छौँ : भीम रावल



कैलाली । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन आफ्नो पार्टीले अग्रमोर्चामा रहेर काम गर्ने बताएका छन् ।

यही मङ्सिर १२ गते धनगढीमा हुने उक्त पार्टीको सन्देश सभाबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले देशमा उत्पन्न विषम परिस्थितिबाट राष्ट्रलाई बाहिर ल्याउने आवश्यकता बोध गरी आफूहरू एक ठाउँमा आएको बताए ।

नेता रावलले पार्टी एकीकरणको सन्देश देशव्यापी रूपमा जनसमक्ष पुर्याउन पार्टीले सन्देश सभा गर्न लागेको र त्यसको सुरुआत सुदूरपश्चिमबाट हुन लागेको बताए । सन्देश सभाको व्यवस्थापनका लागि यहाँ रावलको संयोजकत्वमा मूल व्यवस्थापन समितिको गठन गरिएको छ । उक्त समितिले आवश्यक तयारी गरिरहेको त्यस अवसरमा जानकारी दिइयो ।

प्रदेशस्तरी एकता सन्देश सभा सम्पन्न भएपछि मङ्सिर महिनाभित्र सुदूरपश्चिमका सबै जिल्ला, पालिका र वडामा समेत सभाको आयोजना गरिने जनाइएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ६ : ३३ बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।