३० असार २०८३, मंगलबार | July 14, 2026

प्रधानमन्त्रीको सचिवालयको स्पष्टीकरण – विश्वासयोग्य व्यक्तिलाई सचिवालयमा नियुक्त गरिएको हो



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा आफन्तलाई नियुक्त गरिएको भन्दै उठेको आलोचनापछि सचिवालयले स्पष्टीकरण दिएको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीले कानूनी प्रक्रिया अनुसार आफूलाई विश्वासयोग्य व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीका स्वकीय सचिवले आफन्तलाई सचिवालयमा नियुक्ति दिलाएको समाचार सार्वजनिक भएपछि जेनजी अभियन्ताहरुसहित चारैतिरबाट आलोचना सुरु भएपछि सचिवालयले मुख खोलेको हो ।

विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीको परिवारमा आफूसँग श्रीमान् मात्र रहेको र वृद्ध उमेरका कारण पारिवारिक रूपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति प्रधानमन्त्रीज्यूले छनोट गरी नियुक्त गर्नुभएको हो ।”

प्रधानमन्त्रीका सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधिअनुसार नै नियुक्ति गरिएको सचिवालयले जनाएको छ। कार्यविधिअनुसार प्रमुख स्वकीय सचिवको नियुक्ति प्रधानमन्त्रीले गर्ने तथा अन्य पदमा नियुक्ति प्रमुख स्वकीय सचिवमार्फत हुने व्यवस्था रहेको विज्ञप्तिमा स्पष्ट गरिएको छ।

सचिवालयका अनुसार स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी रहे पनि हाल चारजनामात्रि नियुक्त छन्। विज्ञप्तिमा भनिएको छ, “जेनजी आन्दोलनको आधारमा बनेको यस सरकारका प्रधानमन्त्रीज्यू मितव्ययिता, पारदर्शिता र जवाफदेहिताप्रति संवेदनशील रहँदै यथोचित आचरण गर्दै आउनुभएको छ।”

राज्यकोषमा न्यूनतम भार पर्न जाओस् र प्रशासनिक काम छरितो होस् भन्ने उद्देश्यले न्यून जनशक्तिबाटै सचिवालय संचालन भइरहेको दाबी पनि सचिवालयले गरेको छ।

यसबाहेक अन्य नियुक्तिहरूमा प्रमुख स्वकीय सचिवलाई अनावश्यक रूपमा जोडेर आरोप लगाइएको, तथा थर वा जातीय पृष्ठभूमि मिलेको आधारमा जबरजस्ती ‘नातेदार’ भनी प्रचार गरिएको देखिएकाले यस्तो नगर्न सचिवालयले अनुरोध गरेको छ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १२ : ३६ बजे

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने

मकवानपुर । नारायणी यातायात व्यवसायी सङ्घले सामाजिक कार्यका लागि नयाँ

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर । लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा

भौतिक विकासको पर्खाइमा डडेल्धुराको पलगडी गाउँ

कञ्चनपुर । डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिका-११ स्थित पलगडी गाउँ आज

पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सफा, स्वच्छ, सुन्दर नगर बनाउने उद्देश्यका

सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन

काठमाडौं । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको