२० मंसिर २०८२, शनिबार | December 6, 2025

आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस, नेपालमा विविध कार्यक्रमसहित मनाइँदै



काठमाडौं । आज २५ नोभेम्बर, अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालभरि विविध कार्यक्रमसहित मनाइँदैछ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरेपछि हरेक वर्ष यो दिवस विश्वभर मनाइँदै आएको छ । नेपालमा २०५४ सालदेखि लैंगिक हिंसाविरुद्ध व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै यो अभियान मनाइँदै आएको हो ।

नेपालमा यो दिवस २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म ‘१६ दिने अभियान’ का रूपमा मनाउने परम्परा छ । शारीरिक, मानसिक, आर्थिक, सामाजिक, राजनीतिकलगायत विभिन्न रूपका हिंसाले महिलाहरू निरन्तर प्रभावित भइरहेका छन् ।

प्रत्येक वर्ष महिला अधिकारकर्मीहरूको सक्रिय सहभागिता र सरकारी तहको प्रतिबद्धता बीच पनि लैंगिक हिंसाको अवस्था उल्लेख्य रूपमा सुधार हुन सकेको छैन । महिला अझै पनि आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा विभेदको शिकार भइरहेका छन् भने शारीरिक तथा यौनिक हिंसा अझै सामान्य चुनौती बनेको छ ।

ढुङ्गे युगदेखि आधुनिक २१ औँ शताब्दीमा प्रवेश गर्दा समाजले उल्लेख्य प्रगति गरे पनि आधा जनसंख्या प्रतिनिधित्व गर्ने महिलामाथि हुने हिंसामा पर्याप्त कमी आउन नसकेको अधिकारकर्मीहरूको भनाइ छ । पितृसत्तात्मक संरचनाले गर्दा समानताको अवधारणा धेरै पटक दोहोरिए पनि व्यवहारिक रूपमा महिलामाथि हिंसा र भेदभावको दुष्चक्र निरन्तर दोहोरिइरहेको छ ।

समाजमा महिलालाई शारीरिक, मानसिक वा मनोवैज्ञानिक रूपमा कमजोर ठान्ने पुरानै सोचका कारण आज पनि विभेद र हिंसाका घटनाहरू टुट्न सकेका छैनन् । लैंगिक समानता र हिंसा मुक्त समाज निर्माणका लागि निरन्तर पहलकदमी आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ६ : ५९ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले