२१ माघ २०८२, बुधबार | February 4, 2026

बन्ने भयो नेपालगन्ज-गुलरिया अन्तर्गत खजुरा र गुलरिया सडक खण्ड



खजुरा । विगत ८ वर्षदेखि कन्तबिजोग अवस्थामा रहेको बाँकेको खजुरा खडक र बर्दियाको गुलरिया सडक खण्डको स्तर उन्नती गरिने भएको छ । हुलाकी सडक निर्देशनालयको नेपालगन्ज योजना कार्यालयले खजुरा खण्डको २ किलोमिटर र गुलरिया खण्डको २ दशमलव २३४ मिटर सडक स्तरउन्नतीका लागि ठेक्का खुल्ला गरेसँगै सडक बन्ने सुनिश्चित भएको हो ।

४ लेन सडक निर्माण गर्ने भन्दै २०७४ सालमा सडक डिभिजनबाट ठेक्का लगाइएकोमा ठेकेदार कम्पनीबाट गुणस्तरहिन र अधुरो काम गरेर बिचमै सडक अलपत्र पारेपछि हुलाकी सडकमा यात्रा गर्ने यात्रीहरुले विगत ८ वर्षदेखि सास्ती खेपिरहेका थिए । सडकको स्तरउन्नतीको ठेक्का खुलेसँगै सो सडकमा यात्रा गर्दा सास्ती खेपिरहेका यात्रुले राहत पाउने अपेक्षा गरिएको छ ।

सो सडकको २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । ठेकेदारको कम्पनीको चरम लापरवाहीका बाबजुद सडक डिभिजनबाट पटक पटक म्याद थप्दा पनि योजना सम्पन्न नगर्ने र गरेका काम पनि गुणस्तरहिन भएपछि स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका थिए । स्थानीयको लगातारको बिरोध र ठेकेदारको लापरवाही नसच्चिएपछि सडक डिभिजनले ठेक्का सम्झौता खारेज गरेको थियो ।

यसअघि सडक डिभिजनबाट काम भइरहेको सो सडक खण्डलाई हुलाकी सडक परियोजनाले जिम्मा लिएर स्तर उन्नती गर्न थालेको हो । खजुरा र गुलरिया खण्ड बाहेकको करिव २७ किलोमिटर सडक भने यसअघि नै हुलाकी सडक निर्देशनालयको योजनामा सम्पन्न भइसकेको छ । शर्मा एण्ड कम्पनीले ठेक्का लिएको १ वर्ष अगावै सडक स्तरउन्नतीको काम सम्पन्न गरेको हो ।

दाँयाबायाँ गुणस्तरिय सडक बनिसक्दा बिचभागमा सडकको अवस्था नराम्रो भएकोमा त्यसले पूर्णता पाएको हुलाकी सडकको योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लिलाबहादुर भण्डारीले बताए । उनले वषौंदेखि अधुरो रहेको सडकको स्तरउन्नती गर्न ठेक्काको सूचना प्रकाशित गरिएको जानकारी दिए ।

सोही सडक खण्डको खजुरा बजार क्षेत्रमा पर्ने ७० वर्ष पुरानो पेडारी नालाको पुल निर्माणको काम पनि धमाधम भईरहेको छ । ५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित ३४ मिटर लामो र २२ मिटर चौडाई रहेको पुल र्मिाणलाई तिब्रता दिइएको योजना प्रमुख भण्डारीले बताए ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ७ : २६ बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु