१४ भदौ २०८३, आइतबार | August 30, 2026

कास्कीमा थपिए १७ हजार ७८६ मतदाता



गण्डकी । कास्कीमा १७ हजार ७८६ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार कार्यालयमै आएर ‘बायोमेट्रिक’ विधिबाट मतदाता नामावलीमा नाम दर्ता गराउने नौ हजार १२१ र राष्ट्रिय परिचयपत्रका आधारमा ‘अनलाइन’मार्फत नाम दर्ता गराउने आठ हजार ६५५ जना रहेका छन् । नयाँ थपिएका मतदातामा अधिकांश युवा छन् ।

यसअघि कास्कीमा कुल दुई लाख ९४ हजार मतदाता कायम रहेको कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । “मतदाता नामावली रुजु र अद्यावधिक भएपछि निर्वाचन आयोगबाट अन्तिम नामावली आउँदासम्म मतदाताको सङ्ख्या केही घटबढ हुनसक्छ”, उनले भने, “कतिपय मतदाताले एक जिल्लाबाट अर्को जिल्लामा मतदाता नामावली स्थानान्तरण गरिरहनुभएको छ ।”

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि यही मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको थियो । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यालयले मतदाता नामावली सङ्कलन तथा दर्ता, त्रुटि सच्याउन, स्थान परिवर्तनलगायतका काम गर्दै आएको छ ।

राष्ट्रिय परिचयपत्रबाट अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्ने व्यवस्था भएपछि नयाँ मतदातालाई सहज भएको सूचना अधिकारी न्यौपानेले बताए । नेपाली नागरिकता प्राप्त गरेर १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन सक्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १२ : ५९ बजे

भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ

रसुवा । भोटेकोशी नदीमा आज बिहान पुनः आएको बाढीका कारण

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ । उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा

भोटेकोशी बाढी : २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ । ल्हेन्दे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी