२८ माघ २०८२, बुधबार | February 11, 2026

युवाले नेपाली कम्युनिष्ट पार्टीलाई अभिभावक मानेका छन् : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरुले आफ्नो पार्टीलाई वास्तविक अभिभावकको रुपमा बुझ्न थालेको बताएका छन् ।

मंगलबार काठमाडौंको पेरिसडाँडामा आयोजित कार्यक्रममा विभिन्न संगठनका व्यक्तिलाई पार्टीमा स्वागत गर्दै उनले जेनजीसहितका सबै युवाले नेपाली कम्युनिष्ट पार्टीलाई अभिभावक मानेको बताएका हुन् ।

उनका अनुसार ‘सच्चा’ कम्युनिस्टहरू निरन्तर गोलबन्द भइरहेका छन् र युवापुस्ताले समेत नेपाली कम्युनिस्ट पार्टीलाई आफ्नो वास्तविक राजनीतिक अभिभावकका रूपमा बुझ्न थालेका छन्। “हजारौँ युवा पार्टीमा जोडिंदै गएका छन्,” उनले भने। सरकारलाई युवाका सही आवाजमाथि दमन नगर्न सचेत गराइएको उल्लेख गर्दै प्रचण्डले जेनजी पुस्ताका युवाहरूले समेत पार्टीलाई आफ्नै अभिभावकका रूपमा स्वीकार गर्न थालेको दाबी गरे।

प्रचण्डले पार्टीका सबै संरचना छिटोभन्दा छिटो एकताबद्ध गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । विभिन्न संगठनका व्यक्तिलाई पार्टीमा स्वागत गर्दै उनले एकता प्रक्रियालाई संरचनात्मक रूपमा मजबुत बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए।

 

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ३ : ३३ बजे

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ

काठमाडौंको मूलपानीमा ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार