१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

युवाले नेपाली कम्युनिष्ट पार्टीलाई अभिभावक मानेका छन् : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरुले आफ्नो पार्टीलाई वास्तविक अभिभावकको रुपमा बुझ्न थालेको बताएका छन् ।

मंगलबार काठमाडौंको पेरिसडाँडामा आयोजित कार्यक्रममा विभिन्न संगठनका व्यक्तिलाई पार्टीमा स्वागत गर्दै उनले जेनजीसहितका सबै युवाले नेपाली कम्युनिष्ट पार्टीलाई अभिभावक मानेको बताएका हुन् ।

उनका अनुसार ‘सच्चा’ कम्युनिस्टहरू निरन्तर गोलबन्द भइरहेका छन् र युवापुस्ताले समेत नेपाली कम्युनिस्ट पार्टीलाई आफ्नो वास्तविक राजनीतिक अभिभावकका रूपमा बुझ्न थालेका छन्। “हजारौँ युवा पार्टीमा जोडिंदै गएका छन्,” उनले भने। सरकारलाई युवाका सही आवाजमाथि दमन नगर्न सचेत गराइएको उल्लेख गर्दै प्रचण्डले जेनजी पुस्ताका युवाहरूले समेत पार्टीलाई आफ्नै अभिभावकका रूपमा स्वीकार गर्न थालेको दाबी गरे।

प्रचण्डले पार्टीका सबै संरचना छिटोभन्दा छिटो एकताबद्ध गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । विभिन्न संगठनका व्यक्तिलाई पार्टीमा स्वागत गर्दै उनले एकता प्रक्रियालाई संरचनात्मक रूपमा मजबुत बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए।

 

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ३ : ३३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा