१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

“‘ब्रेकअप’पछिको प्रेमी मधुशालामा बसेर रोएजस्तै छ ओलीको रूवाई” : रक्षा बम



काठमाडौं । जेनजी अभियन्ता रक्षाबमले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको बताउकी छन् । सामाजिक सञ्जालमा लेख्दै उनले राज्यविहीनताको अवस्थामा समेत आफुहरुले लोकतन्त्र र संविधान भनिरहेको उल्लेख गरेकी छन् ।

बमले वर्तमान सरकारलाई जेनजी आन्दोलनले सुशासन र जवाफदेहिताको माग गर्दै भ्रष्टाचारको छानविन, भदौ २३ र २४ का अपराधीलाई कारबाहीका साथै, संक्रमणकालीन अवस्थाबाट लोकतान्त्रिक निकासको म्यान्डेट दिएको बताएकी छन् । ‘राज्यविहीनताको अवस्थामा समेत हामीले लोकतन्त्र भनिरह्यौ । संविधान भनिरह्यौ । र त्यसपछी बनेको नागरिक सरकारलाई हामीले प्रष्टसँग आन्दोलनको म्यान्डेट दिएका छौं,’ उनले लेखेकी छन्, ‘हाम्रो म्यान्डेटले सुशासन र जवाफदेहिताको माग गर्दै भ्रष्टाचारको छानविन, भदौ २३ र २४ का अपराधीलाई कारबाहीका साथै, संक्रमणकालीन अवस्थाबाट लोकतान्त्रिक निकास भनेर स्पष्ट रूपले भनेकै छ ।’

उनले ‘चुनाव हुन दिन्नौ’ १! – यो कसले किन भनिरहेको छ ? भन्ने प्रश्न गर्दै उनले लेखेकी छन्, ‘कुन घमन्ड र शानका साथ भनिरहेको छ ? यसो भन्न उनीहरूलाई कसले हिम्मत दिलाईरहेको छ ? चुनाव हुन दिन्नौ भनिरहेकाहरूको संविधान बारे के धारणा छ ?’

तात्कालिन सरकारको तानाशाहीपन जोगाउन भदौ २३ मा सरकार निरकुंश बनेको जनाउँदै बमले लोकतन्त्रमाथि र संविधानमाथि त्यही बेला पनि हमला गर्न खोजिएको उल्लेख गरेकी छन् ।

उनले जनताले गरेको प्रतिक्रिया सहन नसकेर एमाले अध्यक्ष केपी ओलीले गुण्डुमा संसद पुनस्थापनाको एकोहोरो सुगा रटाई गरिरहेको पनि आरोप लगाएकी छन् । ‘उसो त भदौ २३ अगाडीसम्म तानाशाही निरंकुशता देखाईरहेका केपी ओली पनि त सत्तासँगको ‘ब्रेकअप’ पछि, जनताले गरेको प्रतिक्रिया सहन नसकेर गुण्डुमा संसद पुनस्थापनाको एकोहोरो सुगा रटाई बम्किरहेकै छन्,’ उनले अगाडी लेखेकी छन्, ‘ब्रेकअपपछिको प्रेमी मधुशालामा बसेर रोएजस्तै छ उनको रूवाई । एकातिर ‘नाई मलाई त्यही सत्ता चाहिन्छ’ वाला रून्चे आक्रोश छदैछ तर अर्कोतिर एमालेले अर्को भाग पाईहालिन्छ कि भनेर दल दर्ता गराएको छ ।’

उनले लोकतान्त्रिक बाटो अवलम्बन गरेकोमा एमालेलाई शंकाको सुविधा सहित लोकतान्त्रिक यात्रामा स्वागत गर्नुपर्ने पनि जनाएकी छन् । जेनजी अगुवा बमले संक्रमणकालीन अवस्थालाई झन अप्ठेरोमा पार्दै लोकतन्त्रलाई कमजोर बनाउनको लागि संविधानमा हमला गर्न चाहनेहरु सबै यतिखेर चुनावको बिपक्षमा रहेको जनाउँदै अहिलेको सरकारलाई कमजोर बनाउन चाहिरहेको उल्लेख गरेकी छन् ।

‘नाई मलाई त्यही सत्ता चाहिन्छ’ भन्ने ओलीहरू र ‘हामी चुनाव दिन्नौु’ भन्ने जेनजी साथीहरू तपाईहरूलाई स्पष्ट होस, हामी त लोकतन्त्र चाहन्छौ। लोकतान्त्रिक निकास चाहन्छौ । र देशलाई नयाँ जनादेशका साथ हाम्रो आवाज बोल्नेहरूलाई संसदमा जनताको आवाज प्रतिनिधित्व गरिरहेको हेर्न चाहन्छौ ।’ उनले लेखेकी छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ९ : १४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले