२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

मुस्लिम महिलाबारे प्रधानमन्त्री कार्कीको अभिव्यक्तिप्रति मुस्लिम समुदायको कठोर आपत्ति



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी व्यक्त गरेको अभिव्यक्तिप्रति मुस्लिम समुदायका अगुवाहरूले गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले प्रधानमन्त्रीको वक्तव्य सामाजिक सद्भाव, धार्मिक सम्मान र पदको गरिमाविपरीत भएको भन्दै खेद प्रकट गरेका छन् ।

हालै एउटा कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुस्लिम समुदायका व्यवहारसम्बन्धी विवादित टिप्पणी गरेकी थिइन् । उक्त अभिव्यक्ति सार्वजनिक भएपछि मुस्लिम समुदायभित्र आक्रोश फैलिएको छ ।

प्रधानमन्त्रीको उक्त टिप्पणी सामाजिक सद्भाव खल्बल्याउने प्रकृतिको रहेको र सम्पूर्ण समुदायलाई सामान्यीकृत रूपमा प्रस्तुत गरिएको भन्दै मुस्लिम अगुवाहरूले निन्दा गरेका छन् ।

मुस्लिम समुदायका अगुवा डा. अबुल हुसेन अन्सारीले विज्ञप्ति जारी गर्दै यस्तो “गैर-जिम्मेवार” अभिव्यक्तिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनले समुदायको सम्मान र पहिचानमाथि प्रहार हुने गतिविधिका विषयमा सामूहिक संवादका लागि मुस्लिम दाजुभाइ तथा दिदीबहिनीलाई छलफल तथा भेलामा सहभागी हुन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ८ : ०४ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२