२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रतिनिधिसभा निर्वाचनका लागि आज दल दर्ताको अन्तिम दिन, ८० दल दर्ता भइसकेका छन्



काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्ने अन्तिम दिन आज रहेको छ । निर्वाचन आयोगले दल दर्ता प्रक्रिया १० मंसिरसम्म खुला रहने जानकारी दिइएको थियो ।

मंगलबारसम्म कुल ८० वटा राजनीतिक दलले निर्वाचनका लागि दर्ता गराइसकेका छन् । दर्ता भएका दलमा केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले, राजेन्द्र प्रसाद लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, रन्जिता श्रेष्ठ (चौधरी) अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी, देवप्रकाश त्रिपाठी अध्यक्ष रहेको नागरिक शक्ति नेपाल, र हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी नेपाल समावेश छन् ।

निर्वाचन आयोगका अनुसार दल दर्ता प्रक्रिया सकेर मात्र पार्टीले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन सक्छ । यसअघि दर्ता गरिएका दलहरूले आफ्नो उम्मेदवार मनोनयन र चुनावी तयारी अघि बढाउने अवसर पाउनेछन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ९ : २० बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय