३० असार २०८३, मंगलबार | July 14, 2026

रास्वपा सचिवालय बैठकका मुख्य निर्णयहरू सार्वजनिक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ताजा सचिवालय बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।

बैठकले संगठन सुदृढीकरणदेखि राजनीतिक सहकार्यसम्मका विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको पार्टी महामन्त्री कबीन्द्र बुर्लाकोटीले जनाएका छन् ।

बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगका रिक्त पदहरू पूर्ति गर्न केन्द्रीय समिति सदस्यहरूबाट योग्य उम्मेदवारहरूको नाम सिफारिस गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

त्यस्तै, हाल प्रदेश इञ्चार्जको भूमिका सम्हालिरहेका सचिवालय सदस्यहरूलाई निर्वाचन तयारीमा केन्द्रित गराइने भएकाले उनका स्थानमा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिने निर्णय भएको छ। साथै, सबै स्थानीय तहमा ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न प्रदेश तथा जिल्ला संरचनालाई निर्देशन दिने निर्णय सचिवालयले गरेको छ।

कार्यसम्पादन मूल्यांकन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा–७० अनुसार कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय पनि बैठकले गरेको बुर्लाकोटीले जानकारी दिए।

उच्च संवाद समितिले विभिन्न राजनीतिक दल, समूह र व्यक्तिसँग चलिरहेको संवादको प्रगति बारे बैठकमा ब्रिफिङ गरेको थियो। सोही सन्दर्भमा, सम्भावित राजनीतिक ध्रुवीकरण र सहकार्यलाई निष्कर्षमा पुर्‍याउन २०८२ मंसिर ३ गतेको केन्द्रीय समिति बैठकले दिएको निर्देशनअनुसार अघि बढ्न सचिवालयले सहजीकरण गर्ने निर्णय गरेको छ।

सुशासन र द्रुत विकासका पक्षमा रहेको सबै वैकल्पिक शक्ति एकजुट भई मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्षम सामूहिक शक्ति निर्माण गर्न सचिवालयले आव्हान गर्ने निर्णयसमेत गरेको बुर्लाकोटीले बताए।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १० : ४८ बजे

सालझण्डी-ढोरपाटन सडकको बुर्तिबाङ-फल्लेघर खण्ड ग्राभेल

ढोरपाटन । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी-ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ-फल्लेघर खण्डमा

लगातारको वर्षाले बढ्यो कालीगण्डकीको बहाव, डुब्यो विश्वकै ठूलो शालिग्राम शिला

पर्वत । पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै

सुनसरीमा विद्युत् प्राधिकरणको स्कारपियो दुर्घटना : दुईको मृत्यु, एक घाइते

सुनसरी । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा

अविरल वर्षाले देशका प्रमुख राजमार्ग प्रभावित, काठमाडौंका मुख्य नाका बन्द

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं

भुर्तेलको शतक र धामीको घातक बलिङमा जर्सीमाथि नेपालको सानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको