१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एमाले महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी चौरमा हुने



काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने भएको छ।

काठमाडौंमा ठूलो संख्यामा सहभागी अट्ने उपयुक्त स्थान नपाएपछि कार्यक्रम स्थल परिवर्तन गरिएको हो। बुधबार बसेको सचिवालय समिति बैठकले उद्घाटस्थल परिवर्तन गरेको हो ।

उद्घाटन कार्यक्रम भक्तपुरमा सर्ने भए पनि महाधिवेशनको बन्दसत्र भने पहिलेकै योजना अनुसार काठमाडौंको भृकुटीमण्डपमै सञ्चालन हुनेछ।

मंसिर २७ गते निर्धारित उद्घाटन सत्र सल्लाघारीमै गर्ने निर्णय भएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्। एमालेले उद्घाटन कार्यक्रममा अहिलेसम्म नेपालका कुनै पनि सभामा नभएको उपस्थिति बनाउने दाबी गरेको छ ।

काठमाडौंको खुल्लामञ्चमा विगतमा राजनीतिक दलका कार्यक्रमहरु हुने गरे पनि अहिले खुल्लामञ्च पुननिर्माणको अन्तिम चरणमा छ । पुनर्निर्माण सकिए पनि त्यसपछि दलीय गतिविधि गर्नलाई खुला हुने हो या हैन भन्ने अन्यौल कायमै छ ।

उनका अनुसार भृकुटीमण्डप उद्घाटनका लागि पर्याप्त नठानेपछि सल्लाघारीलाई विकल्पका रूपमा छानिएको हो।

सचिवालय समिति बैठकले महाधिवेशनको मुख्य नारासमेत सार्वजनिक गरेको छ । ११औं महाधिवशेनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ हुने बताइएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ११ : ५९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा