२८ माघ २०८२, बुधबार | February 11, 2026

एमाले महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी चौरमा हुने



काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने भएको छ।

काठमाडौंमा ठूलो संख्यामा सहभागी अट्ने उपयुक्त स्थान नपाएपछि कार्यक्रम स्थल परिवर्तन गरिएको हो। बुधबार बसेको सचिवालय समिति बैठकले उद्घाटस्थल परिवर्तन गरेको हो ।

उद्घाटन कार्यक्रम भक्तपुरमा सर्ने भए पनि महाधिवेशनको बन्दसत्र भने पहिलेकै योजना अनुसार काठमाडौंको भृकुटीमण्डपमै सञ्चालन हुनेछ।

मंसिर २७ गते निर्धारित उद्घाटन सत्र सल्लाघारीमै गर्ने निर्णय भएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्। एमालेले उद्घाटन कार्यक्रममा अहिलेसम्म नेपालका कुनै पनि सभामा नभएको उपस्थिति बनाउने दाबी गरेको छ ।

काठमाडौंको खुल्लामञ्चमा विगतमा राजनीतिक दलका कार्यक्रमहरु हुने गरे पनि अहिले खुल्लामञ्च पुननिर्माणको अन्तिम चरणमा छ । पुनर्निर्माण सकिए पनि त्यसपछि दलीय गतिविधि गर्नलाई खुला हुने हो या हैन भन्ने अन्यौल कायमै छ ।

उनका अनुसार भृकुटीमण्डप उद्घाटनका लागि पर्याप्त नठानेपछि सल्लाघारीलाई विकल्पका रूपमा छानिएको हो।

सचिवालय समिति बैठकले महाधिवेशनको मुख्य नारासमेत सार्वजनिक गरेको छ । ११औं महाधिवशेनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ हुने बताइएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ११ : ५९ बजे

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ

काठमाडौंको मूलपानीमा ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार

राष्ट्रियसभाबाट बिदाइ हुन लागेका सांसदको सुझाव : कानुन निर्माणका अवरोध हटाऊ

काठमाडौं । राष्ट्रियसभामा अन्तिम चरणमा पुगेका विधेयक प्रतिनिधिसभा नहुँदा निस्क्रिय

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा