काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा खुलेको उज्यालो नेपाल पार्टी र दलित अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीबीच चुनावी सहकार्य गरिने भएको छ।
दुई दलबीच सहमति बनेपछि आगामी चुनावमा उनीहरूले साझा चुनाव चिह्न ‘बिजुलीको चिम’ प्रयोग गर्ने तय भएको छ।
सहमति अनुसार हाम्रो नेपाल पार्टीले पनि उज्यालो नेपालको चिह्न ‘बिजुलीको चिम’मै उम्मेदवारी दिन निर्वाचन आयोगमा निवेदन दिएको छ।
यसभन्दा अघि निर्वाचन आयोगले उज्यालो नेपाल पार्टीलाई ‘बिजुलीको चिम’ र हाम्रो नेपाल पार्टीलाई ‘लाइक’ चिह्न प्रदान गरेको थियो।
दुवै दलले साझा चिह्नमार्फत चुनावी तालमेललाई प्रभावकारी बनाउने दाबी गरेका छन्।


















प्रतिक्रिया