२८ माघ २०८२, बुधबार | February 11, 2026

प्रधानमन्त्री कार्कीको सचिवालयमा अव ६ जना मात्र



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीबाट सचिवालयमा नियुक्त गरिएका केही कर्मचारीका विषयमा चौतफी आलोचना भएपछि प्रधानमन्त्री कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छिन् ।

उनले यसअघिको २० जनाको सचिवालयको संख्यालाई घटाएर ६ जनामा सिमित गराएकी छिन् । प्रधानमन्त्रीले आफ्नो सचिवालयमा मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ (अवैतनिक) गरी ६ जना मात्र कायम राख्ने निर्णय गरेकी हुन् ।

यसअघि प्रधानमन्त्री कार्कीले २० जना सचिवालय बनाएर काम गरेकी थिइन् । पछिल्लो पटक सचिवालयमा निकटवर्तीहरूलाई नियुक्त दिएको विषय बाहिरिएपछि विवाद भएको थियो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई सचिवालयमा नियुक्ति दिलाएको खबर सार्वजनिक भएसँगै प्रधानमन्त्री र उनको सचिवालयलाई लिएर तिब्र आलोचना भएको थियो ।

प्रधानमन्त्रीबाट विश्वास लायक सदस्यहरुलाई सचिवालयमा राखिएको स्पष्टिकरण दिएपनि सो सम्बन्धमा जेनजीहरूसमेतको विरोध र दबाब बढेपछि प्रधानमन्त्री कार्कीले आफ्नो निर्णय सच्याउँदै सचिवालय संख्या घटाएकी हुन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १० : ५५ बजे

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा

चलचित्र पर्यटन प्रवद्र्धनका लागि पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी

काठमाडौं । चलचित्रमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल

बाँकेमा सर्वसाधारणले बुझाए ८० थान हतियार

नेपालगन्ज । बाँके जिल्लामा हालसम्म सर्वसाधारणबाट इजाजतपत्र (लाइसेन्स) प्राप्त ८०

अख्तियारलाई देखाएर काम पन्छ्याउने प्रवृत्तिले प्रदेश सरकार मारमा प-यो : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हुनैपर्ने कामहरू पनि

‘ग्रे लिष्ट’मा नेपाल, चुनौतीसँगै अवसर पनि

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले