२७ बैशाख २०८३, आइतबार | May 10, 2026

‘सदस्यता नविकरण रोकिएको’ गुनासो गर्दै विद्या भण्डारीले दिइन प्रतिनिधि चयनमा गम्भीर बन्न सुझाव



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वराष्ट्रपति तथा एमाले की वरिष्ठ नेतृ विद्या भण्डारीले एक सार्वजनिक अपिल जारी गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत जारी गरिएको अपिलमार्फत उनले दुई वर्षअघि नै विधानअनुसार नवीकरण गरिसकेको पार्टी सदस्यता ‘अनुचित रूपमा’ रोकिएको गुनासो सार्वजनिक गरेकी छन् ।

आफू महाधिवेशनमा भौतिक रूपमा सहभागी हुन नसक्ने स्पष्ट गर्दै उनले लेखेकी छिन् – “मैले दुई वर्षअघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले तपाईँहरूका साथ रहनेछु ।”

भण्डारीका अनुसार वर्तमान जटिल राजनीतिक परिस्थितिमा एमालेलाई दृढतापूर्वक अगाडि बढाउन ११औँ महाधिवेशन एउटा ऐतिहासिक अवसर बनेको छ । नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ पार्टीलाई मार्गदर्शन गर्ने यो महाधिवेशन आम जनताको समेत महत्वपूर्ण चासोको विषय रहेको उनले उल्लेख गरेकी छन् ।

विशेष परिस्थितिका कारण निर्धारित समयभन्दा एक वर्षअघि हुन लागेको महाधिवेशनका लागि प्रतिनिधि चयनमा वैचारिक–राजनीतिक परिपक्वता, युवा पुस्ताको ऊर्जा तथा विभिन्न क्षेत्रको सन्तुलित सहभागिता हुनेगरी पार्टी पङ्तिले जिम्मेवारीपूर्वक ध्यान दिनुपर्ने भण्डारीको आग्रह छ ।

एमालेलाई देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्ति मान्दै भण्डारीले पार्टीले जनतामाझ रहेको भरोसा र विश्वासलाई यस महाधिवेशनले थप मजबुत बनाओस् भन्ने शुभकामना पनि व्यक्त गरेकी छन् ।

उनको यो अपिल महाधिवेशन प्रतिनिधि चयनको महत्त्वपूर्ण मोडमा आएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ९ : ५० बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु