८ कार्तिक २०८३, आइतबार | October 25, 2026

‘सदस्यता नविकरण रोकिएको’ गुनासो गर्दै विद्या भण्डारीले दिइन प्रतिनिधि चयनमा गम्भीर बन्न सुझाव



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वराष्ट्रपति तथा एमाले की वरिष्ठ नेतृ विद्या भण्डारीले एक सार्वजनिक अपिल जारी गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत जारी गरिएको अपिलमार्फत उनले दुई वर्षअघि नै विधानअनुसार नवीकरण गरिसकेको पार्टी सदस्यता ‘अनुचित रूपमा’ रोकिएको गुनासो सार्वजनिक गरेकी छन् ।

आफू महाधिवेशनमा भौतिक रूपमा सहभागी हुन नसक्ने स्पष्ट गर्दै उनले लेखेकी छिन् – “मैले दुई वर्षअघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले तपाईँहरूका साथ रहनेछु ।”

भण्डारीका अनुसार वर्तमान जटिल राजनीतिक परिस्थितिमा एमालेलाई दृढतापूर्वक अगाडि बढाउन ११औँ महाधिवेशन एउटा ऐतिहासिक अवसर बनेको छ । नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ पार्टीलाई मार्गदर्शन गर्ने यो महाधिवेशन आम जनताको समेत महत्वपूर्ण चासोको विषय रहेको उनले उल्लेख गरेकी छन् ।

विशेष परिस्थितिका कारण निर्धारित समयभन्दा एक वर्षअघि हुन लागेको महाधिवेशनका लागि प्रतिनिधि चयनमा वैचारिक–राजनीतिक परिपक्वता, युवा पुस्ताको ऊर्जा तथा विभिन्न क्षेत्रको सन्तुलित सहभागिता हुनेगरी पार्टी पङ्तिले जिम्मेवारीपूर्वक ध्यान दिनुपर्ने भण्डारीको आग्रह छ ।

एमालेलाई देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्ति मान्दै भण्डारीले पार्टीले जनतामाझ रहेको भरोसा र विश्वासलाई यस महाधिवेशनले थप मजबुत बनाओस् भन्ने शुभकामना पनि व्यक्त गरेकी छन् ।

उनको यो अपिल महाधिवेशन प्रतिनिधि चयनको महत्त्वपूर्ण मोडमा आएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ९ : ५० बजे

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा

बैतडीको अरिगाउँ केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बैतडीमा आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको

एनपिएल : वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका

दसैँ पछिको पहिलो कारोबारमा सुनको मूल्य तोलामा साढे एघारहजार रुपैयाँ सस्तियो

काठमाडौं । दसैँपछिको पहिलो कारोबारमा सुनको मूल्यमा भारी गिरावट आएको