२८ माघ २०८२, बुधबार | February 11, 2026

सुमित बर्माको अर्धशतकले पोखराले दियो जनकपुरलाई १५६ रनको लक्ष्य



काठमाडौं । सुमित बर्माको उत्कृष्ट अर्धशतकको बलमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन जोड्यो ।

पोखराका सुमित बर्माले २९ बलमा दुई चौका र चार छक्कासहित ५० रन बनाए । उनी आउट हुनेअघि त्रितराज दाससँग पाँचौँ विकेटका लागि ७२ रनको महत्वपूर्ण साझेदारी गरे, जसले पोखरालाई दबाबबाट उकास्दै प्रतिस्पर्धात्मक योगफल बनाउन मद्दत गर्यो। त्रितराजले २८ बलमा २९ रन जोडे ।

पहिलो विकेटका लागि दीनेश खरेल र एडम रोसिङ्टनले ८.३ ओभरमा ६१ रनको साझेदारी गर्दै पोखरालाई बलियो सुरुआत दिलाएका थिए । खरेल तीन रनमै आउट भए भने रोसिङ्टनले १७ बलमा तीन चौकासहित २४ रन बनाए। तर ६४ रनमै चार विकेट खसालेर पोखरा एकाएक दबाबमा परेको थियो ।

कप्तान कुशल भुर्तेल ‘गोल्डेन डक’मा आउट भए। जिम्मी निसम एक रनमै पभेलियन फर्किए भने डान डाउथवेटले सात रन जोडे ।

जनकपुरका सञ्जय कृष्णमुर्थीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै तीन विकेट लिएका छन् । उनले चार ओभरमा मात्र २१ रन खर्चिए । कप्तान अनिल साह र ललितनारायण राजवंशीले एक-एक विकेट लिए ।

दुवै टिमले यसअघिका खेलहरूमा जित निकाल्न सकेका छैनन् । जनकपुरले पहिलो खेलमा काठमाण्डू गोर्खाजसँग र दोस्रोमा विराटनगर किंग्ससँग हार खेपेको छ । पोखरा भने विराटनगर र सुदूरपश्चिमसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ५ : ३७ बजे

प्रतिनिधिसभा निर्वाचन : ५३ जिल्लाको एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ लाई आयोगले सोध्यो स्पष्टीकरण, ३०को जवाफ प्राप्त

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी

शासन-प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गयो : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले

भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी सरकारको

सुक्खा बन्दरगाहमा छ महिनामा ५७२ रेल्वे -याकमार्फत सामान भित्रियो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ