२८ माघ २०८२, बुधबार | February 11, 2026

एनपीएलमा आज दुई रोमाञ्चक खेल : चितवन-काठमाण्डु र कर्णाली-विराटनगर आमनेसामने



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दुई महत्वपूर्ण खेल हुने भएका छन् । पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

चार खेल खेलेको काठमाण्डु र तीन खेल खेलेको चितवन दुवैको समान ४ अंक छ । अंक तालिकामा चितवन तेस्रो र काठमाण्डु चौथो स्थानमा रहेका छन् । दुवै टोलीलाई प्लेअफ सम्भावना जोगाइराख्न आजको खेल जित्नु जरूरी छ । चितवनको कप्तानी कुशल मल्लले गर्छन् भने काठमाण्डुको नेतृत्व करण केसीले समाल्नेछन् ।

दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच हुनेछ । चार खेलमा तीन जितसहित ६ अंक बटुलेको विराटनगर तालिकाको दोस्रो स्थानमा छ । तीन खेलमध्ये एक जित निकालेको कर्णाली पाँचौँ स्थानमा रहेको छ । विराटनगरले शीर्षस्थानमा दाबेदारी बलियो पार्ने लक्ष्य राखेको छ भने कर्णालीका लागि आजको खेल जित्नै पर्ने महत्त्वपूर्ण अवसर हो । कर्णालीका कप्तान सोमपाल कार्की र विराटनगरका कप्तान सन्दीप लामिछाने छन् ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन् ।

अंक तालिकामा अपराजित सुदूरपश्चिम ८ अंकसहित शीर्ष स्थानमा छ । विराटनगर दोस्रो, चितवन र काठमाण्डु क्रमशः तेस्रो र चौथो स्थानमा छन् । कर्णाली, पोखरा र लुम्बिनी दुई–दुई अंकसहित पाँचौँ, छैटौँ र सातौँ स्थानमा छन् भने जनकपुर बोल्ट्स अंकबिहीन अवस्थामा पुछारमा छ ।

मंसिर १ देखि सुरु भएको एनपीएल कीर्तिपुरमै दैनिक अपराह्न र रात्री खेलसहित जारी छ । क्यानले प्रत्येक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ । लिग आगामी मंसिर २७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : ०१ बजे

सुक्खा बन्दरगाहमा छ महिनामा ५७२ रेल्वे -याकमार्फत सामान भित्रियो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको छ

अख्तियार दुरुपयोग राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि

क्यानडाको स्कूलमा एक महिलाले चलाइन अन्धधुन्ध गोलीप्रहार, १० जनाको मृत्यु

पश्चिमी क्यानडाको एक हाई स्कूलमा एक महिलाले अन्धाधुन्ध गोली चलाउँदा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, सुन तोलाको ३ लाख ६ हजार ६०० रुपैयाँ

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ ।

सल्यानमा पिकअप जिप भीरबाट खस्दा चालकको मृत्यु, आमा-छोरीसहित तीन घाइते

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक पिकअप जिप दुर्घटना