२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

नेपालगन्जमा क्यान्सर रोगको विषयमा गोष्ठी तथा चिकित्सकिय सम्मेलन हुँदै



नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक क्यान्सर रोगबारेमा गोष्ठी सहित चिकित्सकिय सम्मेलन हुने भएको छ । नेपालका बिभिन्न अस्पतालमा कार्यरत क्यान्सर रोग विषशज्ञ चिकित्सकहरुका बीच क्यान्सरका बिभिन्न प्रकृतिका बारे अन्तरक्रिया सहित नेपालगन्जमा चिकित्सकिय सम्मेलन हुने भएको हो । सम्मेलनमा पश्चिम नेपालमै पहिलो पटक क्यान्सर रोग बारे चिकित्सकहरु बीच अन्तरक्रिया हुने दाबी गरिएको छ ।

बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराको आयोजना र मसकुलोसकेलेटल अंकोलोजी सोसाइटी अफ नेपाल (मोसन) को सहआयोजना तथा अर्थोपेडिक एशोसियसन (नोए) वेष्टर्न च्याप्टरको सहकार्यमा मंसिर २६ र २७ गते हड्डी, मांसपेसी तथा छालासम्बन्धी क्यान्सरको बृहत् गोष्ठी तथा चिकित्सकिय सम्मेलन हुने भएको हो ।

क्यान्सर अस्पताल खजुरामा उद्घाटन सत्र गर्ने र नेपालगन्जमा गोष्ठी तथा सम्मेलनको आयोजना हुने गरि तयारी गरिएको आयोजक संस्थाहरुले जनाएका छन् । सम्मेलनमा विषयगत विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजक समितिका संयोजक एमएसके अनकोसर्जन डा. गोपाल पौडेलले बताए ।

आज नेपालगन्जमा आयोजित पत्रकार भेटघाटमा बोल्दै डा. पौडेलले सम्मेलनमा बाँके र आसपासका जिल्लाका सर्जन, प्याथोलोजिष्ट अर्थोपेडिक्स, रेडियोलोजिष्ट, मेडिकल अंकोलोजिष्ट तथा रेडियसन अंकोलोजिष्टलाई खजुरा क्यान्सर अस्पतालको सेवाकाबारेमा जानकारी दिइने बताए । सम्मेलनमा हड्डी, मांसपेसी तथा छालासम्बन्धी क्यान्सरको नयाँ प्रविधि र अभ्यासकाबारेमा छलफल र आफुले काम गर्दा भोगेका भोगाई साटासाट गर्ने समेत कार्यक्रमको उद्देश्य रहेको उनले बताए ।

उनका अनुसार सम्मेलनमा भरतपुर, विराटनगर, काठमाडौं, दाङ, सुर्खेत, कोहलपुर र नेपालगन्जमा कार्यरत क्यान्सरसम्बन्धी चिकित्सकको सहभागिता रहने छ ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका क्लिनिकल अंकोलोजिष्ट एवं अयोजक समितिका सचिव डा. मुकेश यादवले पश्चिम नेपालमै पहिलो पटक हुन थालेको यो सम्मेलनले अस्पतालको प्रचार प्रसार र सेवाकाबारेमा जानकारी दिने तथा चिकित्सकले खजुरामा विरामी रिफर गर्ने आशा गरिएको जनाए ।

क्यान्सर अस्पताल खजुरामा क्यान्सर सम्बन्धी प्रभावकारी उपचार हुनेगरेपनि अस्पतालको सेवाका बारेमा प्रभावकारी सूचना संप्रेशण हुन नसक्दा स्थानीय अस्पतालहरुले क्यान्सरको उपचारका लागि भरतपुर, भक्तपुर, लखनउ वा नयाँ दिल्ली जाने सल्लाह दिने गरेका छन् । खजुरा क्यान्सर अस्पतालमा अर्थो, फोक्सो, स्तन, घाँटी, पाठेघर, मांसपेशी, बाल क्यान्सरलगायतका क्यान्सरको शल्यक्रियासहित सबै क्यान्सर विरुद्ध केमो र रेडियो थेरापी हुने गरेको छ ।

सम्मेलनमा दुई सय जनाको सहभागिता रहने आयोजकले जनाएको छ । स्थानीयबासीले मुट्ठी दान गरेर महायज्ञ मार्फत निर्माण भएको अस्पताललाई २०७२ सालमा संघीय सरकारले स्वामित्व ग्रहण गरेको थियो । २०७२ सालदेखि संघीय सरकारले अस्पताल संचालन गर्दै आएपनि हालसम्म अस्पतालमा स्थायी दरबन्दी पठाइएको छैन ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : २९ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम