१५ भदौ २०८३, सोमबार | August 31, 2026

सरकारी अस्पतालमा सम्भव नभएका क्यान्सर नमूना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने



काठमाडौं । देशका सरकारी क्यान्सर अस्पतालको ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ ।

संघअन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउन मन्त्रालयमा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको हो ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको क्यान्सर नमूना यसअघि नै प्रयोगशालाले परीक्षण थालिसकेको छ । बाँकी दुई अस्पतालको ल्याब परीक्षणका लागि प्रयोगशालाका निर्देशक डाक्टर रन्जन भट्टले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा अस्पतालसँग सम्झौता गरेका हुन् ।

यस अघि ती अस्पतालहरुमा सम्भव नभएका परीक्षणका लागि बिरामी आफैंले निजी ल्याब तथा भारतसम्म धाउनुपर्ने अवस्था थियो । तर , अब तीनवटा संघका अस्पताल अनि पाँच प्रदेशमा रहेका विस्तारित अस्पतालका नमूना प्रयोगशालाले परीक्षण गर्ने भएको हो ।

यसैगरी, ती अस्पतालहरूका ल्याबको स्तरोन्नतिका लागि समेत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सहकार्य गर्ने भएको छ । यस कार्यसँगै नागरिकले क्यान्सर परीक्षणमा व्यहोर्नुपरेको झन्झट र खर्चमा केहि कमी आउने मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बताए ।

क्यान्सर उपचार पाँच प्रदेशमा विस्तार गरेर सबै प्रदेशमा पुर्याउन सक्रियता लिएका मन्त्री पौडेलले ल्याब नमूना सहज र कम खर्चमा गर्न प्रयोगशालामार्फत यस्तो सम्झौता गराउन अग्रसरता लिएका हुन् ।

सम्झौतापछि सामाजिक सन्जालमा मन्त्री पौडेलले लेखेका छन्, ुभक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउने प्रबन्ध गर्न आज मन्त्रालयमा दुवै पक्षबीच सम्झौता गरेका छौँ । अब भएका सबै सरकारी क्यान्सर अस्पतालबाट यस्तो सुविधा मिल्नेछ ।ु

अस्पतालहरूका ल्याबको स्तरोन्नतिका लागि प्रयोगशालाले सघाउनेछ । यस कार्यसँगै नागरिकको क्यान्सर परीक्षणका लागि हुने झन्झट र खर्च केही कम हुने मन्त्री पौडेलले उल्लेख गरेकस छन् ।

यो सम्झौताले केहि समय अघि सातै प्रदेशमा क्यान्सर उपचार सेवा पुर्याउने मन्त्री प्रदीप पौडेलको योजनालाई थप प्रभावकारी र सहज बनाउने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ८ : १४ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,