१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आईआईटीएम २०२५ : नेपाल वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा सम्मानित



काठमाडौं । भारतको पुणेमा आयोजित भारत इन्टरनेशनल ट्राभल मार्ट (आईआईटीएम) ले नेपाललाई वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रूपमा सम्मानित गरेको छ । नोभेम्बर २७ देखि २९ सम्म भारतको पुणेमा आयोजित आईआईटीएममा अवार्ड्स नाइट २०२५ का क्रममा नेपाललाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो ।

उक्त अवार्ड नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्ड सदस्य नरेन्द्र भट्ट र वरिष्ठ अधिकृत नरायण बस्याले ग्रहण गरे । अवार्ड समारोहमा आयोजित ‘डेस्टिनेसन प्रेजेन्टेशन’ सत्रमा बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले नेपालको विविध पर्यटन आकर्षणहरू, बुद्ध सर्किट, रामायण सर्किट, तथा अन्तरदेशीय इको–ट्रेलहरूजस्ता पर्यटन उत्पादन समेटिएको एक प्रभावशाली अडियो–भिजुअल प्रस्तुति दिएका थिए । जसमा नेपालमा युनेस्को विश्व सम्पदा सूचीमा परेका क्षेत्रहरू, आध्यात्मिक तीर्थाटन मार्गहरू, विश्वस्तरीय ट्रेकिङ तथा हिमाल आरोहण अवसरहरू, र रोमाञ्चक साहसिक खेलहरू प्रमुख आकर्षण रहेको बारे जानकारी गराइएको थियो ।

आईआईटीएम पुणे २०२५ मा नेपाल पर्यटन बोर्डको सक्रिय सहभागिताले भारतीय पर्यटन बजारसँगको सम्बन्ध अझ प्रगाढ बनाउने तथा नेपाललाई ‘अल सिजन डेस्टिनेसन’ र ‘लाइफटाइम एक्सपेरियन्स’ प्रदान गर्ने देशका रूपमा प्रवर्द्धन गरिएको बोर्डको नेतृत्व गर्दै कार्यक्रममा सहभागी वरिष्ठ अधिकृत रेग्मीले बताए ।

आईआईटीएममा नेपाल पर्यटन बोर्डले १५ वटा प्रमुख ट्राभल ट्रेड कम्पनीहरूसँगको सहकार्यमा भारतका यात्रा व्यवसायी तथा प्रमोटरहरूका माझ नेपालका विशिष्ट पर्यटन प्याकेज तथा आकर्षणहरू प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए । तीनदिने ट्राभल मार्टमा विश्वका विभिन्‍न मुलुकका सयौँ ट्राभल ट्रेड प्रतिनिधि तथा पर्यटन व्यवसायी र पर्यटकहरूको सक्रिय सहभागिता रहेको थियो । बोर्डले आईआईटीएममा रहेको नेपाल पभेलियनमा नेपालका समृद्ध सांस्कृतिक सम्पदा, साहसिक गन्तव्य, र अतिथिसत्कार प्रस्तुत गर्ने सशक्त मञ्च भएको उल्लेख गरेको छ ।

आईआईटीएम पुणे २०२५ मा नेपाल पर्यटन बोर्ड तथा साझेदारहरूको सफल सहभागिताले नेपालप्रति भारतीय बजारमा उल्लेखनीय चासो र माग बढाउने बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए । यस किसिमका अन्तर्राष्ट्रिय मञ्‍चहरुमा भएको बोर्डको सक्रिय सहभागिताले नेपाललाई भारतीय पर्यटकहरूको प्राथमिक गन्तव्यका रूपमा थप सशक्त बनाउने सीईओ जोशीको विश्‍वास छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १० : ५६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा