११ माघ २०८२, आइतबार | January 25, 2026

नेपाल चेम्बर अफ कमर्शको हीरक महोत्सवमा पदयात्रा



काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शको ७५औँ हीरक जयन्तीका अवसरमा आज जमलदेखि वसन्तपुरसम्म पदयात्रा निकालिएको छ ।

पदयात्रापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले चेम्बरले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई अझ सशक्त बनाउन जरुरी रहेकोमा जोड दिए । उनले भने, “हीरक जयन्तीले संस्थाको इतिहास, योगदान र भविष्यको दिशालाई स्पष्ट पारेको छ । निजी क्षेत्र समृद्ध अर्थतन्त्रको प्रमुख आधार हो ।”

नेपाल चेम्बर अफ कमर्स, शिक्षा तथा खेलकुद समिति सभापति रुपक राजवंशीले शिक्षा, खेलकुद र उद्यमशीलतालाई जोड्दै युवालाई अवसर प्रदान गर्ने कार्यक्रमलाई चेम्बरले निरन्तर अघि बढाइरहेको उनले बताए ।

हीरक जयन्ती उत्सव मूल समारोह समिति सभापति राजेशकाजी श्रेष्ठले चेम्बरको ७५औँ वर्षको यात्रा गौरवपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पदयात्रामा चेम्बरका पदाधिकारी, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो । पदयात्रा जमलदेखि सुरु भई वसन्तपुर दरबार क्षेत्रमा पुगेर समापन गरिएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १२ : १२ बजे

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन

राष्ट्रिय झन्डाको दुरुपयोग गरे कारवाही गर्ने गृहको चेतावनी 

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च

विवादास्पद व्यापारीको करोडौँको गाडी प्रकरणमा बालेन शाह मौन, पत्रकारको प्रश्न टार्दै हिँडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र