१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

नेपाल चेम्बर अफ कमर्शको हीरक महोत्सवमा पदयात्रा



काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शको ७५औँ हीरक जयन्तीका अवसरमा आज जमलदेखि वसन्तपुरसम्म पदयात्रा निकालिएको छ ।

पदयात्रापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले चेम्बरले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई अझ सशक्त बनाउन जरुरी रहेकोमा जोड दिए । उनले भने, “हीरक जयन्तीले संस्थाको इतिहास, योगदान र भविष्यको दिशालाई स्पष्ट पारेको छ । निजी क्षेत्र समृद्ध अर्थतन्त्रको प्रमुख आधार हो ।”

नेपाल चेम्बर अफ कमर्स, शिक्षा तथा खेलकुद समिति सभापति रुपक राजवंशीले शिक्षा, खेलकुद र उद्यमशीलतालाई जोड्दै युवालाई अवसर प्रदान गर्ने कार्यक्रमलाई चेम्बरले निरन्तर अघि बढाइरहेको उनले बताए ।

हीरक जयन्ती उत्सव मूल समारोह समिति सभापति राजेशकाजी श्रेष्ठले चेम्बरको ७५औँ वर्षको यात्रा गौरवपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पदयात्रामा चेम्बरका पदाधिकारी, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो । पदयात्रा जमलदेखि सुरु भई वसन्तपुर दरबार क्षेत्रमा पुगेर समापन गरिएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १२ : १२ बजे

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की । त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौं । देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर